एकीकृत समाजवादीको आरोप : अध्यादेशमार्फत सरकारले देश लुट्ने काम गर्यो
काठमाडाैँ । नेकपा एकीकृत समाजवादीले सरकारले अध्यादेशमार्फत देश लुट्न लागेको बताएको छ । बिहीबार बसेको सो पार्टीको सचिवालय बैठकले देश लुट्न नदिने भन्दै अध्यादेशको विरोध गर्ने निर्णय गरेको उप महासचिव रामकुमार भट्टराईले जानकारी दिए ।
‘हेर्दाखेरि अध्यादेशजस्तो देखिन्छ । तर यसले भ्रष्टाचारी र कालोबजारी ऐनलाई तोडमोड गर्यो देश लुट्ने अभिप्राय देखियो’, भट्टराईले भने, ‘२० प्रतिशत भन्दा बढी नाफा खान नपाउने ऐन लागु नगर्ने भन्ने बित्तिकै बजारमा सिमेन्टको मूल्य ५ सयबाट ८ सय पुगेको छ ।’
उनले सरकार नै मुठीभर व्यवसायीका पक्षमा लागेकाले सरकारको निर्णयविरुद्ध जान तयार रहेको बताए । त्यस्तै भूमिहीनलाई घरवास दिने संविधानमा व्यवस्था भए पनि त्यसको जगमा टेकेर जङ्गलको जग्गा व्यक्ति र उद्योगहरूलाई दिने खेल भएको भन्दै गिरीबन्धु टि–स्टेटको जग्गा प्लटिङलाई वैधता दिने प्रयास भएको भन्दै एकीकृत समाजवादीले विरोध गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण