हमासद्वारा थप ८ बन्धक रिहा, ११० प्यालेस्टिनीको रिहाइमा ढिलाइ
गाजा । गाजामा हमासको कब्जामा रहेका ८ जना बन्धकहरूलाई बिहीबार रिहा गरिएको छ । यसमा तीन इजरायली र ५ थाई नागरिक रहेका छन् ।
इजरायली सैनिक २० वर्षीया अगम बर्जरलाई हमासले सबैभन्दा पहिले रिहा गरेको थियो । त्यसपछि निकै अस्तव्यस्त माहौलबिच २९ वर्षीया अर्बेल यहुद र ८० वर्षीय गादी मोसेसलाई ५ जना थाई नागरिक सहित रिहा गरिएको थियो ।
रिहा हुने थाई नागरिकमा पोङसाक थाना, साथियान सुवानखाम, वटचारा श्रीओन, बानावाट सायेथाओ र सुरासक लामनाओ रहेका छन् । थाई नागरिकहरूलाई युद्धविराम सम्झौता अन्तर्गत नरहेर हमासले एकपक्षीय रूपमा नै रिहा गरेको बताइएको छ । बीबीसीका अनुसार उनीहरू इजरायलको कृषि क्षेत्रमा काम गर्ने कामदार थिए ।

गाजामा पहिलो चरणको युद्धविराम लागु भएयता बन्दीहरू रिहा गरिएको यो तेस्रो अवसर हो । यसअघि ७ जना बन्धकहरू रिहा भइसकेका छन् ।
सम्झौता अनुसार पहिलो चरणमा हमासले ३३ जना इजरायली बन्धकलाई रिहा गर्नुपर्नेछ । जसको बदलामा इजरायलले आफ्नो जेलमा रहेका १९ सय जना प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ ।
यद्यपि, ८ जना इजरायली बन्धकको यसअघि नै मृत्यु भइसकेको बताइएको छ । अब १५ जना इजरायली बन्धकहरूलाई रिहा गर्न बाँकी रहेको छ । अब शनिबार थप बन्धकहरूलाई रिहा गर्ने भनिएको छ ।
आजको बन्धकहरूलाई रिहा गरेपछि इजरायलले ११० जना प्यालेस्टिनीहरूलाई रिहा गर्नेछ । तर, हमासले बन्दीहरूलाई रिहा गर्दा निकै अस्तव्यस्त देखिएको भन्दै प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले असन्तुष्टि व्यक्त गरेका छन् । त्यसैले, उनीहरूलाई रिहाइमा केही ढिलाइ गरिएको इजरायलले जनाएको छ ।

यता, इजिप्टले उनीहरूलाई स्थानीय समयअनुसार ५ बजे मात्र रिहा गरिने जानकारी गराएको छ ।
इजरायलले हमासबिच गत जनवरी १९ देखि युद्धविराम सम्झौता सुरु भएको थियो । यो युद्धविराम ३ चरणमा लागु हुनेछ । अहिले यो पहिलो चरणमा रहेको छ, जुन ४२ दिनको हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण