फ्राईडे रिलिज : ‘एक्टर : टेक वान’ भर्सेज ‘देवा’
काठमाडौँ । आज शुक्रबारबाट नेपाली हलमा एक हिन्दीसहित दुई नयाँ फिल्म प्रर्दशनमा आएका छन् । फिल्म हुन् ‘एक्टर : टेक वान’ र ‘देवा’ ।
‘एक्टर : टेक वान’ नेपाली फिल्म हो, भने ‘देवा’ हिन्दी रहेको छ । दुवै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । यद्यपी, देशभरका फिल्म हल यी दुई फिल्मले मात्र पाएको छैन । किनभने अघिल्ला साताहरूमा प्रदर्शनमा आएका ‘केटी हराएको सूचना’, ‘पूर्ण बहादुरको सारङ्गी’ लगायत फिल्मले अझै केही स्टेसनमा कब्जा जमाएको छ ।
‘एक्टर : टेक वन’
फिल्म ‘एक्टर : टेक वन’ वा सहिद दिवसको अवसर पारेर बुधबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म हो । रिलिज भरसकको ‘एक्टर’का निर्माताले नाममा विवाद झिकेर अदालतमा मुद्दा हालेको कारण फिल्म बुधबार रिलिज हुन सकेन ।
बिहीबार ‘एक्टर’ र ‘एक्टर : टेक वन’ फिल्मका निर्माताबिच सहमति भएपछि ‘एक्टर : टेक वन’लाई प्रदर्शनको बाटो खुलेको हो । जसको जानकारी फिल्म युनिटले एक पत्रकार सम्मेलन गर्दै दिएको थियो ।
राजन भुसाल निर्देशित ‘एक्टर : टेक वन’मा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौला लगायतका कलाकारको अभिनय छ ।
अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनीश भुसाल रहेका छन् ।
‘देवा’
बलिउड अभिनेता शाहिद कपूरको एक्सन फिल्म हो ‘देवा’ । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मको तीन सिन सेन्सर बोर्डले काटेको छ । समाचारका अनुसार ६ सेकेन्डको लिपलक सीन हटाइएको हो । ७५ करोड भारू लगानीमा बनेको यो फिल्म रोशन एंड्रयूजले निर्देशन गरेका हुन् ।
फिल्ममा सिद्धार्थ राय कपूर र उमेश केआर बन्सलको लगानी छ । फिल्ममा शाहिदको अलवा पूजा हेगडे, पावेल गुलाटी, प्रवेश राणा, कुब्रा सैतलगायत कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण