आवासीय चिकित्सकहरूद्वारा ‘पेन डाउन’ गर्दै विरोध प्रदर्शन
काठमाडौँ । आन्दोलनरत आवासीय चिकित्सकहरूले आज पेन डाउन गर्दै विरोध प्रदर्शन गरेका छन् । सरकारी सरह पारिश्रमिकको माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरूले आज बिहान ९ बजेदेखि १० बजेसम्म एक घण्टा पेन डाउन गरेका हुन् । साथै आफ्नो संस्थामा एप्रोनसहित प्रदर्शन समेत गरेका छन् ।
‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समिति’ मार्फत आवासीय चिकित्सकहरू आन्दोलन गर्दै आएका छन् । उनीहरूले माइतीघर मण्डलामा समेत प्रदर्शन गर्दै आएका छन् । आज दिउँसो १ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने सङ्घर्ष समितिका प्रवक्ता डा.सञ्जय बरालले जानकारी दिए ।
सङ्घर्ष समितिले इन्टर्न तथा एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक सरकारी सरह कायम गर्न माग गर्दै आएका छन् । उनीहरूले सम्पूर्ण पीजी कार्यक्रमहरू पूर्णरुपमा शुल्करहित र बोण्डरहित बनाउन पनि माग गरेका छन् ।
आफ्ना माग बेवास्ता गरिरहे अत्यावश्यक सेवाबाहेक सबै सेवा बहिष्कार गर्ने चेतावनीसमेत दिएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री मिलेर तीन बुँदे निर्णय गरेका थिए । जसमा आवासीय चिकित्सकको पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजारका दरले मासिक निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेका थिए । आवासीय चिकित्सकहरूले दुई मन्त्रीको उक्त निर्णयको विरोध जनाउँदै आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण