संसद्मा प्रधानमन्त्री ओलीको गीत : म त ढलेँ, ढलेँ, ढलेँ, ढलेँ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार ढल्छ भन्ने रटान छाड्न विपक्षी दलहरूलाई आग्रह गरेका छन् । ०८४ सम्म सरकार टसमस नगर्ने उनले स्पष्ट पारेका हुन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा चर्चित गीत ‘म त ढलेँ, ढलेँ, ढलेँ ढलेँ’ गाउँदै प्रतिपक्षी दलहरूलाई व्यङ्ग्यसमेत गरे । यो गीत राजनीतिक मञ्चमा गाउन नसुहाउने उनको भनाई थियो ।
उनले भने, ‘विपक्षमा रहेका साथीहरूले एउटा कुरामा आफ्नो समय व्यर्थ फालिरहेको जस्तो लागिरहेको छ । सरकार ढल्छ, ढल्नै लाग्यो, पुस मसान्त, माघे सङ्क्रान्ति कट्दैन आदि इत्यादि ।’
उनले थपे, ‘बजारमा एउटा गीत ‘म त ढलेँ, ढलेँ, ढलेँ, ढलेँ,’ अलि प्रचारमा छ । त्यस्तै, आमरुपमा राजनीतिक नेताहरूले गाएको सुन्छु, ढल्यो ढल्यो ढल्यो, ढल्यो । आज ढल्यो, भरे ढल्यो, भोलि ढल्यो, बिहान ढल्यो, राति ढल्यो । ढल्यो ढल्यो ढल्यो । यो गीत मनोरञ्जनका लागि पार्टी उत्सवहरूमा सुहाउला । राजनीतिमा त्यति सुहाउँदैन । एक जनाले माननीयले यो श्लील नभएको टिप्पणी आएको थियो । यस्तो गीतलाई किन बल गरिराखेको होला ?’
उनले यसो भनिरहँदा संसद्मा हाँसोको फोहोरा छुटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
-
सुदूरपश्चिम कांग्रेसभित्रको विवाद सुल्झाउन केन्द्रीय नेता धनगढीमा
-
पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण
-
के हुन्छ दिनहुँ कागती पानी पिउँदा ?
-
डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण