‘भ्रष्टाचार अन्त्य गरि सुशासन कायम माओवादीले मात्र गर्छ’
अर्घाखाँची । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने कार्यमा नलागेको बताएका छन् । भ्रष्टाचार अन्त्य गरि सुशासन कायम माओवादीले मात्र गर्ने उनले दाबी गरेका हुन्।
प्रेस सेन्टर नेपालद्वारा सन्धिखर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकारको आलोचना गर्दै सरकार नजिकका भ्रष्टाचारीलाई जोगाउन लागिरहेको आरोप लगाए । उनले भने, ‘परिवर्तनका लागि जति आह्वान गरे पनि, सरकार जनताको पक्षमा काम गर्न सकेको छैन। भ्रष्टाचार नियन्त्रणको लागि कुनै वास्तविक प्रयास भएको छैन। सरकारको नीति र कार्यक्रमले जनतामा विश्वास पैदा गर्न सकेको छैन। सुशासन र पारदर्शिता लागू गर्न आवश्यक छ, तर अहिलेको शासनले त्यसतर्फ ध्यान दिइरहेको छैन।’
समाजवादको आधार तय गर्ने काम जनताको जागरण अभियानबाटै सम्भव भएको उनको भनाई छ। सरकारले जनताको वास्तविक चाहनाहरूसँग मेल खाएर काम गर्न सकेमात्र देशमा वास्तविक परिवर्तन ल्याउन सकिने उनले बताए।
‘माओवादी सरकारले भ्रष्टाचार नियन्त्रणमा ठोस कदम चालेको थियो। भ्रष्टाचार गर्ने व्यक्तिहरूलाई कारबाही गर्न हामी दृढ थियौँ। लोडसेडिङको अन्त्य र मिटरब्याज पीडितलाई न्याय दिलाउने काम पनि माओवादी सरकारले गर्यो। यस्ता कदमले जनतालाई सही दिशा देखाउने कार्य गरेको थियो,’ उनले भने, ‘हामीले जनतालाई न्याय र समानताको प्रत्यायोजन गर्न प्रयास गराएका थियौँ, तर अहिले सरकारका कार्यमा ती कुरा हराउँदै गएको देखिन्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण