डोटीमा आठ करोडको सुन्तला उत्पादन
दिपायल । जिल्लामा एक वर्षको अवधिमा रु आठ करोडको सुन्तला उत्पादन भएको छ । यहाँ उत्पादित अधिकांश सुन्तला अन्य जिल्ला निर्यात गरिएको हो । आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा तीन हजार चार सय आठ दशमलव ६२ मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
उक्त सुन्तला बिक्री गरेर कृषकले रु आठ करोड आम्दानी गरेका केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले जानकारी दिए । यस वर्ष दुई सय ६२ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको थियो । आव २०७८/७९ मा सुन्तला उत्पादन दुई हजार नौ सय ३२ मेट्रिक टन रहेको थियो भने आव २०७९/८० मा उत्पादन बढेर तीन हजार दुई सय ४० मेट्रिक टन पुगेको अवस्थीले बताए ।
जेरायल गाउँपालिका–५ र ६, बोगटान गाउँपालिका–१, २, ७ र बडीकेदार गाउँपालिका–१ पातल मुडा रजेडा, वडा नं २ को छेडा, कोटक्यान्या, वडा नं ४ को खेताली टिमुट्ट, रनुकाँडा, पुन्तडा र वडा नंको ५ को लानाका बस्तीमा सुन्तलाखेती विस्तारको सम्भावना रहेको केन्द्रले जनाएको छ ।
डोटीमा उत्पादित अधिकांश सुन्तला अत्तरिया, धनगढी, महेन्द्रनगर, नेपालगञ्जका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका किसान बताउँछन् ।
जिल्लामा सुन्तला उत्पादनलाई बढाउन र किसानलाई प्रोत्साहन गर्न केन्द्रले सुन्तला टिप्न सिडी, क्रेट, कैँची लगायतका आवश्यक विभिन्न सामग्रीहरू सहयोग गर्दै आइरहेको छ । आगामी दिनमा कृषि उपजलाई ‘ब्रान्डिङ’ गरी बाहिर निर्यात गर्न आवश्यकता अनुसारका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको केन्द्रका प्रमुख अवस्थीले उल्लेख गरे ।
सुन्तला उत्पादनको हिसाबले डोटीको बडीकेदार गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका र जोरायल गाउँपालिका बढी प्रख्यात मानिन्छन् । जिल्लाका अन्य स्थानीय तहहरूमा पनि उत्पादन हुने गरेको ज्ञान केन्द्रले जनाएको छ । डोटीमा सुन्तला उत्पादन गर्ने किसानहरूले सामान्य रूपमा एक जनाले रु ४० हजारदेखि १५ लाखसम्मको सुन्तला बिक्री गर्दै आइरहेका छन् ।
केन्द्रका प्रमुख अवस्थीका अनुसार पछिल्लो समयमा कृषि उपज सङ्कलनका लागि व्यापारीहरू किसानको घरदैलोमा आउने गरेकाले उत्पादित सुन्तलासहित अन्य कृषि उपजका लागि बजारीकरणको समस्या छैन ।
सुदूरपश्चिमका मुख्य सहरहरूमा सुन्तलाको बजार मूल्य प्रतिकिलो रु एक सय मा बिक्री हुने गरेको छ भने किसानहरूले तुलनात्मक रूपमा प्रतिकिलो रु ५० देखि ६१ का दरले बारीमा बिक्री गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण