अमेरिकी करको जवाफमा मेक्सिकोले पनि लगायो कर
मेक्सिको सिटी । मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत अतिरिक्त कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमपछि मेक्सिकोले पनि जवाफ फर्काएको छ ।
मेक्सिकन राष्ट्रपति क्लाउडिया शेनबाउमले अमेरिका विरुद्ध प्रतिरोधात्मक कारबाही गर्ने र यसमा कर पनि समावेश भएको बताएकी छिन् । ‘म अर्थमन्त्रीलाई प्लान बी लागू गर्न निर्देशन दिन्छु, जसमा हामी काम गरिरहेका छौँ । यसमा मेक्सिकोको रक्षासँग सम्बन्धित भन्सार र गैर–भन्सार उपायहरू समावेश छन् ।’ राष्ट्रपति शेनबाउमले लेखेकी छिन् ।
मेक्सिकोले के के गर्नेछ भन्नेबारे चाँहि उनले अरू जानकारी दिएकी छैनन् । ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने सामानहरूमा २५ प्रतिशत र चीनबाट आउने सामानमा १० प्रतिशत अतिरिक्त कर लगाउने आदेशमा हस्ताक्षर गरेको सामाजिक सञ्जालमा बताएका थिए । यो निर्णय अन्तर्राष्ट्रिय आपत्कालीन आर्थिक शक्ति ऐन (आईईईपी)मार्फत गरिएको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण