सोमालियामा इस्लामिक स्टेटविरुद्ध हवाई हमलाको आदेश दिएको ट्रम्पको भनाई
वासिङटन डीसी । आफूले सोमालियामा इस्लामिक स्टेट (आईएस) समूहका वरिष्ठ आक्रमण योजनाकार र अन्यमाथि सैन्य हवाई आक्रमण गर्न आदेश दिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
उनीहरू गुफामा लुकेर बसेको अवस्थामा भेटिएको सामाजिक सञ्जालमा ट्रम्पले लेखेका छन् । यिनीहरूले अमेरिका अनि यसका मित्र देशहरूलाई धम्क्याएको पनि पोस्टमा लेखिएको छ ।
आक्रमणमा उनीहरू लुकेर बसेको गुफा ध्वस्त पारिएको र सर्वसाधारणहरूलाई क्षति नपुर्याइकन कयौँ आतंकवादीहरू मारिएको बताइएको छ । देशको उत्तरी हिस्सामा आईएसका वरिष्ठ नेतृत्वलाई लक्षित गरेर भएको आक्रमणबारे अमेरिकाले आफूहरूलाई जानकारी दिएको एक्समा सोमालियाका राष्ट्रपति हसन शेख मोहमदले भनेका छन् ।
आक्रमणमा कसलाई निशाना बनाइएको थियो भनेर ट्रम्पले खुलाएका छैनन् । ‘अमेरिकीहरूलाई आक्रमण गर्न खोज्ने आइएस र अन्यका लागि सन्देश यही छ कि हामी तिमीहरूलाई खोज्ने छौँ अनि मार्ने छौँ’ पोस्टमा लेखेका छन् ।
आक्रमण उत्तर–पूर्वी सोमालियाको गोलिस पहाडमा गरिएको अमेरिकी रक्षा मन्त्री पिट हेग्सेथले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण