सोमालियामा इस्लामिक स्टेटविरुद्ध हवाई हमलाको आदेश दिएको ट्रम्पको भनाई

वासिङटन डीसी । आफूले सोमालियामा इस्लामिक स्टेट (आईएस) समूहका वरिष्ठ आक्रमण योजनाकार र अन्यमाथि सैन्य हवाई आक्रमण गर्न आदेश दिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
उनीहरू गुफामा लुकेर बसेको अवस्थामा भेटिएको सामाजिक सञ्जालमा ट्रम्पले लेखेका छन् । यिनीहरूले अमेरिका अनि यसका मित्र देशहरूलाई धम्क्याएको पनि पोस्टमा लेखिएको छ ।
आक्रमणमा उनीहरू लुकेर बसेको गुफा ध्वस्त पारिएको र सर्वसाधारणहरूलाई क्षति नपुर्याइकन कयौँ आतंकवादीहरू मारिएको बताइएको छ । देशको उत्तरी हिस्सामा आईएसका वरिष्ठ नेतृत्वलाई लक्षित गरेर भएको आक्रमणबारे अमेरिकाले आफूहरूलाई जानकारी दिएको एक्समा सोमालियाका राष्ट्रपति हसन शेख मोहमदले भनेका छन् ।
आक्रमणमा कसलाई निशाना बनाइएको थियो भनेर ट्रम्पले खुलाएका छैनन् । ‘अमेरिकीहरूलाई आक्रमण गर्न खोज्ने आइएस र अन्यका लागि सन्देश यही छ कि हामी तिमीहरूलाई खोज्ने छौँ अनि मार्ने छौँ’ पोस्टमा लेखेका छन् ।
आक्रमण उत्तर–पूर्वी सोमालियाको गोलिस पहाडमा गरिएको अमेरिकी रक्षा मन्त्री पिट हेग्सेथले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजदूत घिमिरेद्वारा राजा चार्ल्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि अर्की नेपाली मृत फेला परेपछि एबीभीपीले भन्यो– केआईआईटीविरूद्ध तत्काल कडा कारबाही होस्
-
म्यान्चेस्टर युनाइटेड र टोटनह्याम युरोपा लिगको फाइनल दौडमा
-
युरोप अब ओरालो लागेको अमेरिकाको पछि लाग्नु हुँदैन
-
महाकालीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै, आज कहाँ-कहाँ हुन्छ वर्षा ?