अमेरिकामा अर्को विमान दुर्घटना टर्यो

टेक्सस । अमेरिकामा अर्को विमान दुर्घटना टरेको छ । टेक्ससको ह्यूस्टनबाट उड्न लागेको विमानमा आगो लागेपछि हत्त न पत्त विमान खाली गराइएको छ ।
विमानका एक यात्रीले खिचेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । आइतबार बिहान ८ः३५ बजेतिर जर्ज बुस इन्टरकन्टिनेन्टल विमानस्थलबाट यूनाइटेड एयरलाइन्सको फ्लाइट १३८२ उड्नै लागेको थियो ।
विमान न्यु योर्क सिटीको लागार्डिया विमानस्थल जाँदै थियो । तर विमानको इन्जिनमा समस्या देखिएपछि आगो लागेको बताइएको छ । विमानको एउटा इन्जिनमा समस्या थियो ।
तत्कालै क्रु मेम्बरले विमानको उडान रोकेर विमानभित्र भएका सबै यात्रीलाई ओराले । यस घटनापछि विमानभित्र सवारी सबै १०४ जना यात्रीहरूलाई दुई वटै भ¥याङ र आकस्मिक द्वारबाट सकुशल बाहिर निकालिएको युनाइडेट एयरलाइन्सले एउटा विज्ञप्तिमा भनेको छ ।
विमानभित्र ५ जना क्रु मेम्बर पनि थिए । त्यसपछि उनीहरूलाई बसबाट टर्मिनलमा फर्काइयो । यस घटनामा कसैलाई पनि चोटपटक नलागेको बताइएको छ । दिउँसो २ बजे सबै यात्रीलाई अर्को विमानबाट लागार्डिया विमानस्थलतर्फ पठाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकारले सोमबार नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने
-
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीको आन्दोलन स्थगित, पाँच बुँदे सहमति
-
कम्युनिस्ट पार्टीमा सामूहिक र संस्थागत आर्थिक प्रणाली आवश्यक
-
‘सीमापार आतंकवादविरुद्धको लडाइँ’ बारे जानकारी दिन भारतीय प्रतिनिधिमण्डल विभिन्न देश जाने
-
‘ब्रुकलिन ब्रिज’मा ठोक्कियो मेक्सिकन नौसेना प्रशिक्षण जहाज
-
कतारमा नयाँ युद्धविराम वार्ता, हमासले इजरायलसमक्ष राख्यो यस्तो प्रस्ताव