कर्णालीका मुख्यमन्त्री भन्छन्- आशातीत प्रगति हुन सकेको छैन तर निराश भइहाल्ने अवस्था छैन
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आशातीत प्रगति हुन नसके पनि निराश हुने अवस्था नरहेको बताएका छन् । स्वयम् आफुले अपेक्षा गरेअनुसार काम नभएको उनले भनाइ छ । यद्यपि जनताका सबै कुराको सम्बोधन गर्न नसकेपछि जनतालाई निराश नबनाउने आधारबाट सरकार अघि बढिरहेको उनले बताए ।
‘जे हामीले मेहनत गरिरहेका छौँ, त्यो रिजल्ट आउन समय लाग्दो रहेछ,’सोमबार प्रदेश सभाको स्थापना दिवसको अवसरमा बोल्दै उनले भने, ‘योजना तर्जुमा र योजना छनोटका सन्दर्भमा कर्णालीलाई हेर्ने दृष्टिकोणमा बदलाव आउने गरी सरकारले काम गरिरहेको छ ।’
सबै काम प्रदेश सरकारले गर्न नसक्ने भएको हुँदा केन्द्र सरकारलाई अनुभूति गराउने गरी आफू लागिरहेको पनि उनले प्रस्ट पारे ।
आफूलाई ठुला दल भन्नेहरू केन्द्र सरकारको नेतृत्वमा पटक–पटक पुगे पनि कुर्सीमा पुग्दा उदासीनता देखाएको उनको भनाइ थियो । तर कुर्सीबाट हट्दा सडकमा आन्दोलन गर्ने प्रवृत्ति हाबी भएको उनले बताए । त्यही कारण कतिपय नीति, निर्माण तथा कानुनहरू बन्न नसकेको उनले बताए ।
साथै बजेट विनियोजनको सूत्रले कर्णाली सधैँ पछाडि परेको कँडेलको भनाइ छ । उनले अगाडि थपे, ‘सङ्घीय सरकार र निकायलाई सबैले मिलेर अनुभूति गराउनुपर्ने छ ।’ कँडेलले प्रदेश सभालाई जनमुखी बनाउने कुरामा सबैको भूमिका रहने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण