मुक्कुमलुङमा केबलकार निर्माणको सम्झौता रद्द नभएसम्म आन्दोलन जारी रहन्छ : राजेन्द्र महतो
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङको पाथीभरास्थित मुक्कुमलुङमा केबलकार निर्माण कार्यको सम्झौता रद्द नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
माइतीघरमा सोमबार मुक्कुमलुङ संरक्षण संघर्ष समितिको आयोजनामा आयोजित प्रदर्शन कार्यक्रममा उनले मुक्कुमलुङको सांस्कृतिक भूमि संरक्षण गर्न शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका आन्दोलनकारीलाई प्रहरी प्रशासनले छाती र तिघ्रामा गोली हानेर घाइते बनाएको बताउँदै लिम्बुवानलाई स्वायत्त बनाउनुपर्ने माग गरे ।
उनले भने,‘यो देश लिम्बुको हो कि होइन ? हो भने सार्वभौमसत्ता साझा गर्नुपर्छ । लिम्बुवान स्वायत्तता हुनुपर्छ । लिम्बुवान राजी भएको भए केबुलकार बन्ने निर्णय नै हुने थिएन । आफ्नो राज्य भएन भने उसको लोकतन्त्र पनि हुँदैन, मानव अधिकार पनि हुँदैन ।’
उनले केबलकार निर्माणको कार्य नरोकेसम्म आन्दोलन जारी रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण