बुमराहले च्याम्पियन्स ट्रफी खेल्नेमा शंका
नयाँ दिल्ली । भारतका तीव्र गतिका बलर जसप्रीत बुमराहले च्याम्पियन्स ट्रफी प्रतियोगिता गुमाउने खतरा बढेको छ । प्रतियोगिता यही फेब्रुअरी १९ बाट सुरु हुँदैछ ।
अस्ट्रेलियाको भ्रमणका क्रममा अन्तिम टेस्टमा उनको ढाडमा समस्या देखिएको थियो । भारतीय सञ्चारमाध्यम दैनिक भास्करले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लाई उद्धृत गर्दै प्रतियोगिताअघि उनको चोट निको हुन कठिन देखिएको बताएको छ । इंग्ल्याण्डविरुद्धको एकदिवसीय शृङ्खलामा पनि उनले एउटा पनि खेल खेल्ने छैनन् ।
यदि उनी फिट हुन सकेनन् भने उनको स्थानमा हर्षित राणालाई टोलीमा समावेश गर्ने तयारी गरिएको छ । बुमराहलाई इंग्ल्याण्डविरुद्धको अन्तिम एकदिवसीय खेलका लागि टोलीमा राखिएको छ । यो खेल १२ फेब्रुअरीमा अहमदाबादमा खेलिदैछ ।
यता, आफ्नो चोटको जाँच गर्न बुमराह बैंग्लुरु पुगेका छन् । उनी २–३ दिन बीसीसीआईको सेन्टर अफ एक्सिलेन्सको मेडिकल टोलीको निगरानीमा रहनेछन् । उनको फिटनेसमा काम भइरहेको छ । उनी ठिक भए भने टोलीमा कायम रहनेछन् ।
आईसीसीले च्याम्पियन्स ट्रफीका लागि टोलीमा परिवर्तन गर्नका लागि फेब्रुअरी ११ सम्मको समय तोकेको छ । भारतले प्रतियोगितामा आफ्नो पहिलो खेल बंगलादेशविरुद्ध फेब्रुअरी २० मा खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण