किन लगाउने एचपीभी खोप ?
काठमाडौँ । पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस संक्रमणका कारणले हुन्छ । यो भाइरसको सङ्क्रमण जीवनमा एक न एक पटक हुने चिकित्सक बताउँछन् ।
यो भाइरसको संक्रमणबाट जोगिएमा पाठेघरको मुखको क्यान्सरबाट जोगिन सकिन्छ । ह्युमन प्यापिलोमा भाइरस यौन सम्बन्धबाट सर्ने भएकाले शारीरिक सम्बन्ध अगावै खोप लगाएमा ८० प्रतिशत सो क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिने बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ओन्कोलोजिस्ट डा. कृष्णसागर शर्मा बताउँछन् ।
मंगलबार सरकारले देशभर पाठेघर मुख क्यान्सर विरुद्ध खोप (एचपीभी खोप) लगाउँदै छ । यो खोपको काम नै ह्युमन प्यापिलोमा भाइरस सङ्क्रमण रोक्ने हो । यसले गर्दा ३० वा ३५ उमेरमा देखिने पाठेघरको मुखको क्यान्सर रोक्ने डा. शर्मा बताउँछन् ।
बढी प्रभावकारिताका लािग हाल १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप लगाउने भनिएको हो । यो उमेरका किशोरी ६ कक्षादेखि १० कक्षासम्म पढ्नेछन् । अगामी वर्षदेखि यो खोप नियमित खोप तालिकाअनुसार खोप लगाउने स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतम बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण