धनगढीमा श्रीमदभागवत सप्ताहव्यापी ज्ञान विज्ञान महायज्ञ सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

धनगढी । कैलालीको धनगढीमा आजदेखि श्रीमदभागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरु भएको छ । सडक आश्रित मानवहरूको संरक्षकको भूमिका खेल्दै आएको मानव सेवा आश्रमले आफ्नै भवन निर्माण सम्पन्न गर्ने उद्देश्यले सप्ताहव्यापी ज्ञान विज्ञान महायज्ञ सुरु गरेको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक कार्यक्रमका बिच महायज्ञ उद्घाटन गरेका छन् । महायज्ञ माघ ३० गतेसम्म धनगढी उपपमहानगपलिका १ पशुपति टोलस्थित महोत्सव स्थलमा हुने भएको हो ।
आश्रमले भवन निर्माणका लागि १५ करोड रुपैयाँभन्दा बढी लाग्ने र महायज्ञबाट ५ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।
सो आश्रमको धनगढी शाखामा हालसम्म करिब ४ सय जना बेसहारा, असहाय, अभिभावक विहिन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरूको उद्धार गरी सेवा प्रदान गरिसकेको जनाएको छ ।
यसैबिच आज सांस्कृतिक झाँकी र कलश यात्राका साथै भुवा, हुड्केली, हलिया, पुतला, गौरा, सखिया, होली, देउडा, लाखे नाचसहित सांस्कृतिक झाँकी प्रस्तुत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको साउदी भ्रमणमा मस्क पनि साथमा
-
अबदेखि सीटीईभीटीका कुनै पनि कार्यक्रम पढ्न प्रवेश परीक्षा दिनुनपर्ने
-
नौलिङ भद्रकाली जात्रा गाम्चा चुनिखेल बुढानीलकण्ठ, तस्बिरहरू
-
नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै भारतीय दुतावास अगाडि प्रदर्शन (तस्बिरहरू)
-
‘चाँदीजस्ता टल्किने हिमाल फलामजस्ता काला भए, विकल्पमा जाऊँ’
-
राज्यले थेग्न नसक्ने भयो, सामाजिक सुरक्षालाई नयाँ ढङ्गले समीक्षा गर्नुपर्छ : गोकर्ण विष्ट