आईसीसी वरीयतामा अभिषेकको छलाङ
काठमाडौँ । भारतीय ओपनर अभिषेक शर्मा आईसीसीको टी-२० ब्याटरको वरियतामा दोस्रो स्थानमा उक्लेका छन् । इंग्ल्याण्ड विरुद्धको प्रभावशाली प्रदर्शनपछि उनी ८२९ रेटिङ अंकमा पुगेका हुन् ।
आईसीसीले बुधबार नयाँ वरीयता जारी गरेको हो। यो सूचीमा ट्राभिस हेड शीर्ष स्थानमा र तिलक वर्मा तेस्रो स्थानमा रहेका छन् ।
इंग्ल्याण्डविरुद्धको पाँचौँ टी-२० खेलमा अभिषेकले १३५ रन बनाए। उनले ७ चौका र १३ छक्का प्रहार गरे। अभिषेकले केवल ३७ बलमा आफ्नो शतक पूरा गरेका थिए । उनी खेलको उत्कृष्ट खेलाडी पनि घोषित भए ।
यसैगरी वरुण चक्रवर्तीले टी-२० बलिङ वरीयतामा तीन स्थान माथि उक्लेका छन् । अब उनी तेस्रो स्थानमा पुगेका छन् । वरुणको ७०५ रेटिङ अंक छ भने इंग्ल्याण्डका रशिद खान ७०५ अंकका साथ दोस्रो र वेस्ट इन्डिजका अकिल हुसेन (७०७ अंक) शीर्ष स्थानमा छन्।
वरुण इंग्ल्याण्डविरुद्ध १४ विकेट लिएर प्लेयर अफ द सिरिज भएका थिए। टी-२० शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेका कारण उनलाई फेब्रुअरी ६ देखि सुरु हुने एकदिवसीय शृङ्खलाको लागि पनि छनोट गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026