‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
पाटन । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्ने बताएका छन् । ललितपुरको महाङ्काल गाउँपालिका–५ चन्दनपुरस्थित टुङ्गुन खोलामा बनेको पक्की पुल आज उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले राज्यको निकायबाट ललितपुरको सहरी भेगलाई हेरेर दक्षिण ललितपुरको विकास हुन नसक्ने भन्दै दक्षिण ललितपुरको कृषि, पशुपन्छी व्यवसायका साथै पर्यटनको विकासका लागि सडकको स्तरोन्नति गरी वैकल्पिक राजमार्गका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
‘हामीले यहाँ केराऊ, तोरी राम्रोसँग फैलिएको देख्यौँ, जसले कृषिकर्म गर्छ, उसलाई हामीले प्रोत्साहन गर्नुपर्छ’, मन्त्री अधिकारीले भने । उनले कृषि व्यवसाय, चिया, कफी, जडीबुटी र पशुपन्छीपालनको प्रचुर सम्भावना रहेको यस क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसैक्षेत्र ललितपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले अलपत्र अवस्थामा रहेको पुलको निर्माणका लागि गाउँपालिकाको वर्तमान नेतृत्वले गरेको प्रयासको प्रशंसा गरे । उनले लेले चन्दनपुर सडकलाई वैकल्पिक राजमार्गका रूपमा सडक निर्माणका लागि शीर्षक नै छुट्याएर बजेट विनियोजन गराउन पहल गर्ने बताए ।
लेले चन्दनपुर सडकको चन्दनपुर बजारको टुङ्गुन खोलामा निर्माण भएको पुल आत्रेय निर्माण सेवा प्रालि सिन्धुलीले टेन्डर प्राप्तगरी कूल रू तीन करोड ३२ लाख ३५ हजार तीन सय १५ को लागतमा निर्माण सम्पन्न गरेको जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले जानकारी गराए । विसं २०७७ भदौ १७ बाट काम सुरू भएको पुल निर्माण कार्य यही २०८१ भदौ २५ गते सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण