क्यानको नाममा अल्पकालीन अन्तरिम आदेश
काठमाडौँ । जोरा स्पोटर्स इन्टरटेनमेन्ट प्रालिका सञ्चालक आमिर अख्तरद्धारा दायर गरिएको एक मुद्दामा काठमाडौँ जिल्ला अदालतले नेपाल क्रिकेट संघ (क्यान) को नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
क्यानले आफूसँग गरेको सम्झौता विपरीत नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागेको र उक्त प्रतियोगिताको आयोजना क्यानले आफूसँग गरेको सम्झौता विपरीत रहेको दाबीसहित आमिरले मुद्दा दायर गरेका थिए ।
सोही मुद्दामा काठमाडौँ जिल्ला अदालतले बुधबार क्यानको नाममा अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश दिनबन्धु बरालले क्यानको नाममा यस्तो आदेश जारी गरेका हुन् ।
‘प्रतिवादी समेतलाई रोहवरमा राखी अन्तरिम आदेश जारी हुने–नहुने सम्बन्धमा विचार गर्नु मनासिब हुने देखिँदा सो प्रयोजनको लागि २०८१ फागुन १ गते छलफलको पेशी तोकी उक्त दिन छलफलका लागि उपस्थित हुन निवेदक र विपक्षीहरूलाई जानकारी दिनु,’ अन्तरिम आदेशमा भनिएको छ ।
यसबिचमा, निवेदकको माग बमोजिम करार सर्त विपरीतको काम कारबाही नगर्न–नगराउन क्यानको नाममा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ (१) (२) बमोजिम अल्पकालीन अन्तरिम आदेश दिएको छ । जोरा स्पोटर्सको तर्फबाट अधिवक्ता कमलेश द्धिवेदीले बहस गरेका थिए ।
स्मरण रहोस्, नेपाल प्रिमियर लिग भने मङ्सिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा सम्पन्न भइसकेको छ । प्रतियोगिताको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण