ट्रम्पको अर्को झड्का : ट्रान्सजेन्डर खेलाडीहरूलाई महिलाको खेलकुदमा भाग लिन प्रतिबन्ध
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिने बित्तिकै उनले अमेरिकामा दुई लिंग (पुरुष र महिला) मात्र हुने बताएका थिए ।
ट्रम्पले अमेरिकामा बस्ने ट्रान्सजेन्डर र एलजीबीटी समुदायको समस्या बढ्ने संकेत गर्दै यस्तो निर्णय लिएका थिए ।
यसैबीच ट्रम्पले ट्रान्सजेन्डरहरूलाई अझ ठूलो झटका दिएका छन्। ट्रम्पले बुधबार एक कार्यकारी आदेश जारी गर्दै ट्रान्सजेन्डर खेलाडीहरूलाई महिलाको खेलकुदमा भाग लिन प्रतिबन्ध लगाएको बताए ।
न्युयोर्क टाइम्सका अनुसार डोनाल्ड ट्रम्पको यो आदेश त्यस्तोमा लागु हुनेछ, जो जन्ममा पुरुष थिए र पछि लिंग परिवर्तन गरेर महिला बनेका थिए ।
ट्रम्पले आफ्नो चुनावी प्रचारका क्रममा पुरुषलाई महिला खेलकुदबाट टाढा राख्नुपर्ने बताएका थिए ।
ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले उक्त निर्णयले 'टाइटल आइएक्स' (महिला खेलहरूमा पुरुषहरूको खतरनाक र अनुचित सहभागिता समाप्त पार्ने ह्वाइट हाउसको कार्यकारी आदेश) को बाचा कायम राख्ने बताइन् । महिला अधिकारका लागि यो निर्णय उनले बताइन् ।
न्यु योर्क टाइम्सको रिपोर्टअनुसार २५ राज्यले ट्रान्सजेन्डर खेलाडीहरूलाई हाई स्कूल र युवास्तरमा महिलाहरूको खेलकुदमा प्रतिबन्ध लगाउने कानुनहरू पारित गरिसकेका छन्।
हालै ट्रम्पले एक आदेश पारित गरेर अमेरिकामा १९ वर्षमुनिका व्यक्तिले लिङ्ग परिवर्तन गर्न नपाउने बनाएका छन् ।
ट्रम्पले एक विज्ञप्तिमा भनेका थिए, 'यो संयुक्त राज्य अमेरिकाको नीति हो, यसले कुनै पनि बच्चाको एक लिङ्गबाट अर्को लिंगमा तथाकथित परिवर्तनलाई आर्थिक, प्रायोजक, प्रवर्द्धन, सहयोग वा समर्थन गर्दैन, र यसले यी विनाशकारी र जीवन परिवर्तन गर्ने प्रक्रियाहरूलाई निषेध गर्ने वा सीमित गर्ने सबै कानूनहरू कडाइका साथ लागू गर्नेछ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण