भारतमा वायुसेनाको विमान दुर्घटना
बिहीबार, २४ माघ २०८१, १६ : ५८

नयाँदिल्ली । भारतको मध्य प्रदेशको शिवपुरीको नरवर क्षेत्रमा वायुसेनाको विमान दुर्घटना भएको छ । दुर्घटनामा दुवै पाइलट सकुशल रहेका भारतीय सञ्चारमाध्यम एबीपी न्युजले लेखेको छ । जेटले घरहरू बचाउने क्रममा खाली ठाउँमा क्र्यास ल्यान्डिङ गरेको जनाइएको छ । विमानमा दुई जना पाइलट मात्र रहेका थिए ।
बिहीबार शिवपुरी नजिकै दुई सिट भएको मिराज २००० फाइटर प्लेन नियमित प्रशिक्षण उडानमा क्रममा दुर्घटनामा परेको जनाइएको छ।
दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरीको आदेश दिइएको रक्षा अधिकारीले बताएका छन्। यसबारे थप जानकारी संकलन भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने
-
चार वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आईपीएल : सनराइजर्स विजयी, घरेलु मैदानमा ६ विकेटले हार्यो लखनउ
-
प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हरायो ब्राइटनले
-
पुटिनसँग दुई घण्टा कुराकानी गरेपछि ट्रम्पले के भने ?
-
काठमाडौं उपत्यकामा एकाएक ठूलो वर्षा, देशका अन्य भागमा समेत मौसम गडबड