‘संसद्मा कुण्ठा पोख्ने होइन, तर्क र तथ्य दिनुपर्छ’
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले बिहीबार प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा गरेको सम्बोधनलाई कुण्ठा व्यक्तको संज्ञा दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै पन्तले संसद् कसैको कुण्ठा पोख्ने थलो नभएर तर्क र तथ्यका आधारमा सांसदहरू प्रस्तुत हुनुपर्ने भन्दै प्रचण्डको सम्बोधनलाई कुण्ठाको संज्ञा दिएका हुन् ।
सरकारले कानुन संशोधन गर्न ल्याएको अध्यादेश र विधेयकका सवालमा प्रमुख प्रतिपक्षले गरेको टिप्पणीमा कुनै तर्क र तथ्य नभएको पन्तको भनाइ छ । ‘त्यो कानुन संशोधनमा कुन दफाले नेपाली जनताको अधिकारमा हानी गर्यो ? कुन दफाले वाक स्वतन्त्रता खोस्यो ?’, प्रश्न गर्दै पन्तले भने, ‘यो संसद् कुण्ठा अभिव्यक्त गर्ने ठाउँ होइन ।’
उनले संसदमा प्रमुख प्रतिपक्ष दलको नेताले बोल्दा सबै सांसद र देशवासीले यो कुरा ठिक भन्ने महसुस हुनुपर्नेमा त्यस्तो नभएको बताए । ‘संसद् त त्यो ठाउँ, हो जहाँ प्रमुख प्रतिपक्ष दलको नेताले बोल्दा सबै सांसद र देशवासीहरूलाई प्रमुख प्रतिपक्ष नेताले भनेको यो कुरा ठिक हो है भन्ने महसुस होस् न ! त्यस्तो तर्क र तथ्य होस्, आधार होस तब न प्रमुख प्रतिपक्ष दलको नेता ।’
उनले प्रतिपक्ष दलको नेता बोल्दा देश बोलेको र जनताको भावना बोकेको हुनुपर्ने भन्दै इन्दिरा गान्धी र अटलविहारी बाजपेयीको उदाहरण दिँदै नेताहरूमा त्यस्तो क्षमता हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण