काठमाडौँ । राष्ट्रिय नाचघर-जमलको प्रेक्षालयमा बुधवारदेखि नेपाल भारत रङ्ग महोत्सव चलिरहेको छ । यही ३० गतेसम्म चल्ने महोत्सवमा नेपाल र भारतका ३-३ नाटक प्रदर्शन गर्ने तालिका छ ।
_Rm9rUlpUYC.jpg)
हरेक दिन बेलुकी ५ बजेपछि प्रत्येक दिन नाटक प्रदर्शन हुने गरेको छ । बिहीबारसम्म २ वटा नाटक मञ्चन भइसकेको छ भने अब ४ वटा बाँकी छ ।
बिहीबार बेलुकी लेखक नयनराज पाण्डेको कथा ‘सर्पदंश’ मा आधारित ‘कथा कस्तुरी’ नाटक प्रदर्शन गरिएको थियो । यो नाटकलाई अभिनेत्री दिया मास्केले निर्देशन गरेकी हुन् ।
_4s578zYjNI.jpg)
‘कथा कस्तुरी’ तराईको एक ग्रामीण बस्ती ‘जयपुन’ गाउँको कथा हो । खोलापारि ठूलो जङ्गलको बिचमा रहेको सानो गाउँ जयपुन, सपेराहरूको गाउँ हो । हरेक बिहान बिनको आवाजसँगै बिउँझिने जयपुन, हरेक रात साँपहरूको नृत्यसँगै निदाउँछ । जयपुन गाउँका मानिसको मुख्य पेसा सर्प नचाउनु हो । यही सपेरा जातिको कथासँग जोडिएको छ नाटक ‘कथा कस्तुरी’ ।
_y2s3S6MVUC.jpg)
नाटकमा नेपालको पश्चिम तराईमा यदाकदा भेटिने सपेरा जातिको जनजीवन देखाइएको छ । नाटकमा तराई क्षेत्रमा बसोबास गर्ने सपेरा जातिको कथावस्तुलाई चित्रण गरिएको छ । सपेरा जीवनको मिठास र जटिलतालाई प्रस्तुत गरिएको नाटकमा राजनीतिलाई व्यङ्ग्य पनि गरिएको छ ।
_HNvvZoO9ka.jpg)
महोत्सव अन्तर्गत यही माघ २७ गते संयोग गुरागाईंको लेखन तथा नम्रता केसीको निर्देशन रहेको नाटक ‘जुन परीकथा मात्र होइन’ प्रदर्शन हुनेछ । महोत्सव अन्तर्गत माघ २८ गते विजयदन देथाको लेखन तथा अजय कुमारको निर्देशन रहेको भारतीय नाटक ‘माई री मैं का से कहूँ’, माघ २९ गते मिथिलेश्वरको लेखन तथा राजेश सिंहको निर्देशन रहेको भारतीय नाटक ‘बाबुजी’ प्रदर्शन हुनेछ ।
_DtToDpHCHs.jpg)
माघ ३० गते अजय शुक्लको लेखन र चित्तरञ्जन त्रिपाठीको निर्देशन रहेको भारतीय नाटक ‘ताजमहल का टेन्डर’ प्रदर्शन हुने जनाइएको छ ।
_FFmVR4RxXD.jpg)
_InXT1UeVrr.jpg)
_315CGFQI2t.jpg)
_yDRQTnJKMO.jpg)
_F0YAJnespV.jpg)
_nnBuJ6khe0.jpg)
_5zYLF3p2Dt.jpg)
_hKSDeqyfap.jpg)
_assNyEQdcD.jpg)
_z6HIjJafbn.jpg)
_kEmU39LpW4.jpg)
_WGVA476vp8.jpg)
_ckY07qQSxP.jpg)
_IHhqLCBoaO.jpg)
_zMQgl3I09L.jpg)
_QsGAtBVnDU.jpg)
_mNSXlJYrrZ.jpg)
_jWFG8BBiJY.jpg)
प्रतिक्रिया