‘रोशीमा लेदो बग्छ, क्रसरमा रोक लगाउनुपर्छ’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गत असोजमा गएको बाढीका कारण क्षतिग्रस्त बीपी राजमार्ग आसपासमा क्रसरको दोहन सुरु भएको भन्दै त्यसको रोक लगाउन माग गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद दाहालले बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा अहिले पानी नभएर लेदो बगिरहेको बताए । उनले बाढी गएको लामो समयसम्म पनि पुनर्निर्माण र राहतका लागि सङ्घीय सरकारको उपस्थिति नभएको भन्दै आवश्यक बजेटको व्यवस्था गरेर राजमार्ग पुनर्निर्माण गर्न माग गरे ।
‘असोजमा गएको बाढीबाट क्षतिग्रस्त भएको वीपी राजमार्ग पुनर्निर्माण र पीडितलाई राहत दिने काममा सङ्घीय सरकारको उपस्थिति देखिएन’, उनले भने, ‘वीपी राजमार्गको पुनर्निर्माण नै सुरु भएन । त्यतिमात्र होइन, त्यहाँ चलेका अवैध क्रसरका कारण रोशीमा पानी भन्दा बढी लेदो बग्छ ।’
उनले सभामुखमार्फत अवैध क्रसरमा रोक लगाइदिन रुलिङको माग गरे । ‘वीपीको पुनर्निर्माणमा १० अर्ब बजेट लाग्ने अनुमान छ तर ५० करोड रकम विनियोजन गरेर अस्थायी रूपमा पुनर्निर्माण गर्न सकिन्छ’, उनले भने, ‘त्यसो गरियो भने दशौँ हजार गाडी आवतजावत गर्न सक्छन् ।’
उनले अर्थ मन्त्रालयमा बजेट नभए पनि विपत् व्यवस्थापन कोषमार्फत बजेट विनियोजन गरी निर्माण कार्य सञ्चालन गर्न मागसमेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण