पाथीभरामा केबलकार बनाउने कुरा शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्छ : सांसद महत
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले ताप्लेजुङको पाथीभरा मन्दिर पुग्नका लागि केबलकार बनाउने विषयमा भएको विवाद शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
सांसद महतले ताप्लेजुङ वासीको परम्परा र संस्कृतिको संरक्षण हुनेगरी केबलकार बनाउनुपर्ने बताए । उनले पाथीभरामा केबलकार निर्माण गर्न सके त्यहाँको आर्थिक गतिविधि चलायमान हुने विश्वास व्यक्त गरे । उनले केबलकार बनाउन सके पर्यटकको संख्यामा वृद्धि हुने भएको कारण त्यहाँको स्थानीय उत्पादनले स्थान पाउने र रोजगारीको अवसर समेत सिर्जना हुने बताए । उनले केबलकार निर्माणको विषयमा भइरहेको विवाद मिलाउन सरकार लागिपरेको समेत बताए ।
उनले भने, ‘पाथीभराको जुन अत्यन्तै पवित्र तीर्थस्थल छ, त्यहाँका आदिवासी, जनजाति, किराँत सबैको पवित्रस्थल हो । समग्र सनातन धर्मावलम्विहरुको तीर्थस्थल हो । त्यहाँ अत्यन्तै सुन्दर धार्मिक पर्यटकीय धार्मिक स्थल छ । त्यसमा बढीभन्दा बढी पर्यटक पुग्न सकुन् र सबैले माताको आशीर्वाद लिन सकुन् भन्ने हामी सबैको अपेक्षा छ । त्यसले ताप्लेजुङको आर्थिक अवस्थालाई पनि सुधार्न मद्दत गर्छ भन्ने हाम्रो भनाई हो ।’
ताप्लेजुङको पाथीभरा मन्दिर जाने केबलकार बनाउने विषयमा पक्ष र विपक्षबिच विवाद हुँदै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण