मृत्यु मेला
बनकाली डाँडा छेउको
अग्लो बूढो बरको रुखको हाँगोमा
बुढो भोको गिद्ध
घाटमा जल्दै गरेको पार्थिव शरीरबाट
निस्केको धुवाँको सुगन्ध सुँघेर भोकको
तृप्ति मेटाउँदै छ ।
सागर भेट्न हतारिँदै अश्रु मिश्रण बागमती
धिमा गतिमा बग्दै होइन घिस्रँदै छ
मृत्यु शोकमा डुबेका मान्छेहरू
अन्तिम पटक आफ्नाहरूको चिर निन्द्रामा डुबेको
अचल पार्थिव शरीरको स्पर्श लिँदै छ
खचाखच भिडमा अस्त व्यस्त सत्तलमा
जीवनहरू जल्दैछ
जीवन सँगै उनले देखेका सपनाहरू बल्दैछ ।
शाश्वत मृत्यु मेला.......
ऊ जल्दैछ
ऊ नजल्दा घिउ र चिनी थपी-थपी बाल्दैछ
ऊ हिँडेका बाटाहरू उस्तै छ
उनले लिने हावा उस्तै छ
उनले ताप्ने घाम उस्तै छ
उनले भोगचलन गरेको भूमि र भवन उस्तै छ
ऊ त्यसरी जाँदै गर्दा
रोकेन कसैले नजाऊ भनेन कसैले
पहिले-पहिले उनी अरूलाई बोकेर जान्थ्यो
अहिले उनलाई अरूले बोकेर पुर्याको छ
जसरी एक्लै जन्मेको थियो उसैगरी एक्लै जाँदैछ।
न साथी, न परिवार, न दुस्मन
केवल ऊ मात्रै जाँदैछ
साथमा होलान् नदेखिने ईश्वर अन्तैकतै
आकाशमा कालो बादल मडारिँदै छ
मृत्यु मेलाको उत्सव चल्दैछ.....
हेर्दाहेर्दै-
बूढो रुखको बूढो गिद्ध उडेर गए
अनन्त आकाश ताकेर
मलामी बनेर गएका आफ्नाहरू
बागमती किनारमा उभिए
सदा-सदा सम्झनामा बचाई राख्न
बाले मनको मैनबत्ती दिनको उज्यालोमा
सूर्यको किरणलाई चुनौती दिँदै
अनन्त प्रकाशले शून्यतामा विलीन चिर आत्मालाई
सदा-सदैव होस् भनी उज्यालो
रहुन्जेल सँगै गरेको बेवास्ताको मूल्य चुकाउन
शिशिर ऋतुका
चिसोको बिचमा, देखावटी जमात छेउमा बसेर
फाले कपाल सबै शिरको
बसे बरखी किरियाघरमा
मृत्यु अँगालेको पितृलाई बैतर्नी तराउन
भयंकर शाश्वत मृत्यु मेला......
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण