निर्वाह भत्ताबारे निर्णय कार्यान्वयन गर्न पत्राचार
काठमाडौँ । आवासीय चिकित्सकहरूको निर्वाह भत्ताबारे निर्णय कार्यान्वयन गर्न चिकित्सा शिक्षा अध्यापन गर्ने सबै विश्वविद्यालयहरू र अन्तर्गतका सम्बन्धन प्राप्त निजी शिक्षण संस्थाहरूलाई चिकित्सा शिक्षा आयोगले पत्राचार गरेको छ ।
प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको आयोगको सोह्रौँ बैठकमा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता सम्बन्धमा निर्देशन दिने निर्णय भएको थियो । निजी मेडिकल कलेजहरूमा स्नातकोत्तर तहको अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई दिए सरह निर्वाह भत्ता उपलब्ध गराउन भनिएको छ ।
उपसचिव टिकाराम शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ६ को आयोगको काम, कर्तव्य र अधिकारको खण्ड ९च० मा “चिकित्सा शिक्षाको विषयमा विश्वविद्यालय, प्रतिष्ठान र परिषद्लाई आवश्यकता अनुसार निर्देशन दिने” प्रावधान अनुसार विभिन्न विश्वविद्यालय र अन्तर्गतका सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरूका चिकित्सा शिक्षा स्नातकोत्तर तहको कार्यक्रममा अध्ययन गर्ने सम्पूर्ण आवासीय चिकित्सकहरूलाई सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई दिए सरह (स्वास्थ्य सेवाको आठौँ तह) निर्वाह भत्ता उपलब्ध गराउन सम्बन्धित विश्वविद्यालय र अन्तर्गतका सम्बन्धन प्राप्त निजी मेडिकल कलेजलाई निर्देशन दिने ।’
सम्बन्धित पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको निर्वाह भत्ता मासिक ४८ हजार सात सय रुपैयाँ कायम गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण