‘कमेडी दरबार’ छोड्दै नम्रता

काठमाडौंँ । पूर्वमिस नेपाल नम्रता श्रेष्ठको पछिल्लो परिचय कार्यक्रम सञ्चालकको बनेको छ । कमेडी शाे ‘कमेडी दरबार’ को उनी सुरु देखिनै सञ्चालन गर्दै आएकी छन् । अब भने उनले कमेडी दरबार छोड्ने भएकी छन् ।
रातोपाटीसँगको भेटमा उनले ‘कमेडी दरबार’ को अबको सिजनबाट आफु नदेखिने बताइन् । ‘कमेडी दरबार’ को लागि मसँग निर्माण संस्थाको पहिलो सिजनका लागि मात्र एग्रिमेन्ट भएको हो’, श्रेष्ठले भनिन् ‘पहिलो सिजन सकिन लाग्यो । दोस्रो सिजिनमा म देखिन्न ।’
आफ्नो ब्यस्तता बढेको कारण कमेडी दरबार छोड्न लागेको उनले सुनाइन् । भनिन्– ‘अहिले फिल्म तथा बाहिरका प्रोजेक्टहरुको काम धेरै छ । त्यसैले ‘कमेडी दरबार’ का लागि समय दिन सक्दिन ।’
नम्रता अभिनेत्रीको रुपमा पनि देखिँदैछिन् । उनी अभिनित फिल्म ‘रंगी’ आगामी फागुन २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममा उनी अभिनेता सलोन बस्नेतको जोडीको रुपमा देखिँदैछिन् । यस अगाडि केही फिल्म रिजेक्ट गरेकी उनले ‘रंगी’ को बिषयवस्तु मन परेकोले आफू जोडिएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगा : एथ्लेटिक क्लब, लेगानेस र गेटाफे विजयी
-
प्रिमियर लिग : आर्सनलले चेल्सीलाई हरायो
-
भेडापालनलाई प्रवर्द्धन गर्न प्रदेश सरकारले किसानलाई दियो गोठालो भत्ता
-
१२ बजे, १२ समाचार : त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेजदेखि आईजीपी वसन्त कुँवरसहित ९ जनाको अवकाशसम्म
-
सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ
-
‘हान’लाई मजदुर सङ्गठनको ध्यानाकर्षणपत्र