‘कमेडी दरबार’ छोड्दै नम्रता
काठमाडौंँ । पूर्वमिस नेपाल नम्रता श्रेष्ठको पछिल्लो परिचय कार्यक्रम सञ्चालकको बनेको छ । कमेडी शाे ‘कमेडी दरबार’ को उनी सुरु देखिनै सञ्चालन गर्दै आएकी छन् । अब भने उनले कमेडी दरबार छोड्ने भएकी छन् ।
रातोपाटीसँगको भेटमा उनले ‘कमेडी दरबार’ को अबको सिजनबाट आफु नदेखिने बताइन् । ‘कमेडी दरबार’ को लागि मसँग निर्माण संस्थाको पहिलो सिजनका लागि मात्र एग्रिमेन्ट भएको हो’, श्रेष्ठले भनिन् ‘पहिलो सिजन सकिन लाग्यो । दोस्रो सिजिनमा म देखिन्न ।’
आफ्नो ब्यस्तता बढेको कारण कमेडी दरबार छोड्न लागेको उनले सुनाइन् । भनिन्– ‘अहिले फिल्म तथा बाहिरका प्रोजेक्टहरुको काम धेरै छ । त्यसैले ‘कमेडी दरबार’ का लागि समय दिन सक्दिन ।’
नम्रता अभिनेत्रीको रुपमा पनि देखिँदैछिन् । उनी अभिनित फिल्म ‘रंगी’ आगामी फागुन २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममा उनी अभिनेता सलोन बस्नेतको जोडीको रुपमा देखिँदैछिन् । यस अगाडि केही फिल्म रिजेक्ट गरेकी उनले ‘रंगी’ को बिषयवस्तु मन परेकोले आफू जोडिएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण