१० दिनदेखि बेपत्ता बालकको शव फेला
बारा । बाराको जितपुर सिमरास्थित मामाघरबाट १० दिन अघिदेखि बेपत्ता रौतहटका एक बालकको शनिबार शव फेला परेको छ । रौतहटको दुर्गा भवानी गाउँपालिका-१ का ३ वर्षीय हंस चौधरीको शनिबार दिउँसो शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बालकको शव वीरगन्ज महानगरपालिका–३२ र जितपुरसिमरा उपमहानगरपालिका–७ को सिमानामा पर्ने टेढामा स्थित कियासोती खोलामा डुबेको अवस्थामा फेला परेको बताए । बेपत्ता बालकको खोजी गर्न प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको थियो।
बेपत्ता बालक बारे जानकारी दिनेलाई पीडित परिवारले १ लाख रुपैयाँ इनाम दिने घोषणा गरेको थियो । त्यसै गरी बारा संसदीय क्षेत्र ४ का संघीय सांसद कृष्ण कुमार श्रेष्ठ (किसान) ले बेपत्ता बालकको अवस्थाबारे सूचना दिने मानिसनाई व्यक्तिगत रूपमा ५१ हजार रुपैयाँ इनाम दिने घोषणा गरेका थिए ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले बालकको पानीमा डुबेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान भए पनि पोस्टमार्टम रिपोर्ट आएपछि विस्तृत खुल्ने जानकारी दिएका छन्। मृतक बालक रौतहट दुर्गा भगवती १ का रितेश जैसवालका छोरा थिए। उनको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको बारा प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण