राखेप सदस्य सचिवको कार्यकक्ष तोडफोड भएकोप्रति खेलकुद संघहरुको विरोध
शनिबार, २६ माघ २०८१, २१ : ३१
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको कार्यकक्षमा तोडफोड भएको भन्दै खेलकुदसँग सम्बद्ध ३० संघ–संगठनले आपत्ति जनाएका छन् ।
शनिबार संयुक्त विज्ञप्ति निकाल्दै उनीहरुले सो घटनाप्रति गम्भीर ध्यानार्षण भएको जनाएका हुन् । उनीहरुले नेपाली खेलकुदको सर्वोच्च निकायमा भएको अराजक गतिविधिको घोर भर्त्सना समेत गरेका छन् । उनीहरुले सो घटनाको छानबिन गरी दोषीउपर कडा भन्दा कडा कारबाही गर्न नेपाल सरकार र सरोकारवालाहरुमा अपिल समेत गरेका छन् ।
विज्ञप्ति जारी गर्नेहरुमा नेपाल तेक्वान्दो संघ, अखिल नेपाल फुटबल संघ, नेपाल भलिबल संघ, नेपाल रग्वी संघसहित ३० वटा खेल संघ रहेका छन् । केही दिनअघि नेपाल ओलम्पिक कमिटीको विषयलाई लिएर विवाद भएको थियो । सोही विषयलाई लिएर माघ २५ गते सदस्य सचिव घिसिङको कार्यकक्ष तोडफोड भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण