फिलिप्सको शतकसामु निरीह बन्यो पाकिस्तान
लाहोर । त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा पाकिस्तान न्युजिल्याण्डसँग पराजित भएको छ । शनिबार भएको खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ७८ रनले हराएको हो ।
३३१ रनको लक्ष्य पाएको पाकिस्तानले ४७.५ ओभरमा सबै विकेट गुमाएर २५२ रन मात्र बनाउन सक्यो । टोलीका लागि ओपनर फखर जमानले सर्वाधिक ८४ रन बनाए । उनले ६९ बलमा ७ चौका र ४ छक्का हिर्काए ।
सलमान आघाले ५१ बलमा ४० रन जोडे । उनले २ चौका र १ छक्का हिर्काए । तयब ताहिरले ३० रन तथा अबरार अहदमले २३ रनको योगदान दिए ।
न्युजिल्याण्डका लागि मिचेल स्यान्टनरले १० ओभर बलिङ गर्दै ४१ रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै, म्याट हेनरीले पनि ९.५ ओभरमा ५३ रन खर्चेर ३ विकेट लिए । माइकल ब्रेसवेलले २ तथा ग्लेन फिलिप्सले १ विकेट हात पारे ।
यसअघि, ग्लेन फिलिप्सको शतकको मद्दतले न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३३० रन बनाएको थियो । फिलिप्सले मात्र ७४ बलमा १०६ रन जोडे । उनले यसक्रममा ६ चौका र ७ छक्का हिर्काए ।
उनलाई डेरल मिचेलले ८१ रन बनाउँदै राम्रो साथ दिए । मिचेलले ८४ बलको सामना गर्दै २ चौका र ४ छक्का हिर्काए । केन विलियमसनले ८९ बलमा ५८ रनको योगदान दिए । ब्रेसवेलले २३ बलमा ३१ रन बनाए भने रचिन रवीन्द्रले २५ रन जोडे । रचिन फिल्डिङका क्रममा घाइते भएका थिए । उनको टाउकोमा चोट लागेको थियो ।
पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले १० ओभर बलिङ गर्दै ८८ रन खर्चेर ३ विकेट लिए । अबरार अहमदले २ विकेट तथा ह्यारिस राउफले १ विकेट हात पारे ।
त्रिकोणात्मक शृङ्खलामा अर्को टोली दक्षिण अफ्रिका रहेको छ । अब अर्को खेल सोमबार न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबिच हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण