संस्कृतिबाट राजनीति ‘आउट’ हुनुपर्छ
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउने वा नबनाउने भन्ने विषयमा अहिले ठुलो विवाद सिर्जना भएको पाएका छौँ । केबलकार बनाउन हुँदैन भनेर एकथरीले विरोध प्रदर्शन गरे । राज्यले सुरक्षाकर्मी परिचान गरेर विरोध साम्यपार्ने प्रयास गर्यो । त्यसका बाबजुद स्थिति साम्य हुन नसकेपछि वार्ता अघि बढाइएको छ ।
यो विवाद हुनै नहुने विषय हो । कुनै खास ठाउँको विकासका लागि योजना बनाउँदा राज्यले त्यहाँका स्थानीय सरोकारवालालाई सम्झाएर, बुझाएर, यथार्थ भनेर मनाएर अगाडि बढ्नुपर्छ । यी धार्मिक कुराहरू अति संवेदनशील हुन्छन् ।
अहिले पाथीभरा (मुक्कुम्लुङ)मा राजनीति घुसेको छ । त्यसले गर्दा पनि यो विषय जटिल बन्दै गएको देखिन्छ । लिम्बू समुदायमा पनि दुई वटा ग्रुप छन् जस्तो लाग्छ ।
फुङ्लिङको मेयरले पनि फरक ढंगले बोलिरहेको सुनेको थिएँ । उहाँले मूर्ति नचाहिने, थान पूजामात्रै गर्ने हो भने फाल्गुनन्दको मूर्ति पनि हटाउँ, पाथीभरा देवीको मूर्ति पनि हटाउँ भन्ने कुरा गर्नुभएको सुनेको हुँ ।
सबैभन्दा पहिले केबलकार बनाउने कुरा जबर्जस्ती गर्नुहुँदैन । केबलकार बनाउँदा राम्रो हो तर, जबर्जस्ती होइन । एकातिरबाट हिँड्ने स्थान पनि बनाउने, अर्कोतिरबाट केबलकार बनाउँदा राम्रो हुन्छ । जान हुँदैन, टेक्न हुँदैन भनेर अर्को इस्यु पनि आएकोजस्तो लाग्छ । यो भनेको चाहिँ राजनीति घुसेको हो । त्यसको समाधानका लागि सबै पक्षलाई सँगै राखेर छलफल गर्नुपर्यो ।
केही पहिचानको माग, मुद्दा राख्नेहरूले त त्यहाँको भेटी पनि केबलकार बनाउनेले नै लान्छ भन्ने खालको कुरा पनि प्रचार गरिरहेको सुनेको छु । त्यसरी भ्रम छरिएको छ । त्यसैले कतिपयलाई बाहिर हल्ला चलाइएजस्तै हुने हो कि भन्ने लागेको हुन सक्छ । केबलकार बनाउनेले भेटी लाने होइन होला । त्यस्ता खालका भ्रम छर्ने कुराहरूलाई कन्ट्रोल गर्दा राम्रो हुन्छ ।
लिम्बूहरूको लागि मुक्कुम्लुङ आस्थाको धरोहर हो । त्यो ठिकै छ । आर्यहरूले पाथीभरा भन्नुको अर्थ भरिएको पाथीजस्तो भनेर भनेको हो । त्यसमा पनि विवाद गरिरहनु पर्ने अवस्था छैन । पहिले पाथीभरामा पूजा गर्न जाने चलन थिएन । त्यहाँ जब आर्यहरू पूजा गर्न जान थाले, त्यसपछि मात्रै टुप्पोमा पुग्न थालेका हुन् । त्यही कारण पाथीभरा देश, विदेशमा स्थापित भयो ।
लिम्बू समुदायका कतिपयले हाम्रो सांस्कृतिक विशेषतालाई हस्तक्षेप गरेर पाथीभरा बनाए भन्ने कुरा छ । त्यो अतिवादी सोच हो । त्यो पाथीभराकै रूपमा स्थापित हुने कुरालाई सांस्कृतिक अतिक्रमणको रूपमा बुझ्नु हुँदैन । त्यहाँ मूर्ति राख्दा कसैले विरोध गरेनन् । हेलिकप्टरहरू पनि गए, मानिसहरू गएकै हुन् । मूर्ति पनि हेलिकप्टरमै लगेको हो । अहिलेमात्रै त्यहाँ बढी राजनीति हुन थालेको हो ।
सबैलाई बसाएर फाइदा बेफाइदाको कुरा बुझाएर अगाडि बढ्नु पर्छ । यो हामी सबैको धार्मिकस्थल हो । त्यहाँ एउटाको मात्रै हुने, अरू जान नहुने भन्ने सोच अतिवादी हो । सांस्कृतिक विषयवस्तु साझा हुन्छन् । मेरो देउता हो, तँ किन पूजा गर्छस् भन्न पनि पाइँदैन । त्यहाँ सबै खाले समुदायले पूजापाठ गर्ने, आस्था राख्ने अधिकार राख्छन् । त्यही कारणले सबैलाई फाइदा भएको छ । पर्यटनको विकास पनि भएकै छ ।
यो खालको विवाद बढ्दै जाँदा त्यहाँ शान्ति क्षेत्र नहुने, सांस्कृतिक महत्त्व कमजोर हुँदै जाने, एक समुदाय र अर्को समुदायबिच विवाद सिर्जना हुने अवस्था आयो भने त्यसले झन् ठुलो समस्या निम्त्याउँछ । त्यहाँ हिन्दूहरूले पहाडलाई पूजा गर्नेभन्दा पाथीभरा मन्दिरलाई पूजा गर्छन् । लिम्बू समुदायले पहाडलाई नै मान्छन्, त्यो पनि मान्न दिनुपर्छ । उनीहरूको सरोकार पनि सम्बोधन गर्नुपर्छ ।
मुक्कुम्लुङ भन्नेलाई त्यही हिसाबले मान्न दिनुपर्छ । पाथीभरा भन्नेलाई त्यही हिसाबले मान्न दिनुपर्छ । यदि त्यस्तो भएन भने आर्थिक र सांस्कृति दुवै हिसाबले क्षति हुन्छ । त्यसकारण सबैलाई बसेर यति फाइदा राज्यलाई, स्थानीयलाई यति फाइदा, ठाउँको विकास गर्दा यस्तो फाइदा, अन्तर्राष्ट्रिय क्षेत्रमा यति फाइदा भनेर निष्कर्ष निकालेर लानुपर्छ । त्यहाँ भइरहेको संस्कृतिमाथिको राजनीतिचाहिँ आउट हुनुपर्छ ।
(संस्कृतिविद् डा. खतिवडासँग रातोपाटीका लागि अर्जुन आचार्यले गरेको कुराकानीमा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण