रेशम चौधरीले भने– चिल गाडीबाट ओर्लिँदा नओर्लिँदै मेरो अध्यक्ष पद त गइसकेछ
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टीले भव्यरुपमा महाधिवेशन गरे पनि स्वीकृत नभएकोमा असन्तुष्टि पोखेका छन् । आइतबार नेसपा (नयाँ शक्ति) को महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सत्तासँग कुरा नमिल्दा आफ्नो अध्यक्ष पद नै गएको स्मरण गरे । नेसपाको महाधिवेशन पनि त्यस्तै हुनसक्ने उनले उनले बाबुराम भट्टराईलाई सचेत गराए ।
‘महाधिवेशन गर्नेको पनि स्वीकृत नगर्ने चलन छ । एक लाख ३९ हजार जनालाई भात खुवायौँ टिकापुरमा । नाउपाले महाधिवेशन गर्यो । एक एक मिनेट गर्दा पनि रातिको १० बज्यो । पाँच पाँच जना सांसद लिएर निर्वाचन आयोगमा अद्यावधिका लागि पुग्यौँ’, उनले भने, ‘आयोगका पदाधिकारीसँग कति समय लाग्छ भनेर सोध्यौँ । उहाँले पाँच महिना लाग्छ भन्यो । सत्तासँग कुरा मिलेन । भोलि चिल गाडीबाट ओर्लिँदा नओर्लिँदै मेरो अध्यक्ष पद त गइसेके छन् ।’
कार्यक्रममा उनले भट्टराईलाई चिन्ता गर्न आग्रह गर्दै उनले आफूहरू साथमा रहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण