राष्ट्रपतिलाई कांग्रेसको प्रश्न : मदन भण्डारीको ‘हत्यारा’ भएको भए आममाफी दिइन्थ्यो ?
काठमाडौं । बालकृष्ण ढुंगेलको आममाफी प्रकरणमा कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गम्भिर नैतिक प्रश्न उठाएको छ । कांग्रेसले मदन भण्डारीको हत्यारा भएको व्यक्ति भए उसले आममाफी पाउँथ्यो वा पाँउदैनथ्यो भनेर राष्ट्रपतिको भण्डारीको कदममाथि प्रश्न उठाएको हो ।
आज कांग्रेस मुख्यालयमा गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने–‘अमुक व्यक्ति गणतन्त्र दिवसको दिन छुट्नुभएछ, म उहाँको नाम लिन चाहन्न, यसलाई यतिमात्र प्रश्न दिए पुग्छ, सम्माननीय राष्ट्रपतिज्यूको टेबलमा उहाँ आफैँले आशंका गरेजस्तो स्वर्गीय सम्मानित नेता मदन भण्डारीजीको निधनका पछिल्तिर यदी हत्याको कारण थियो र टेबलमा यो प्रस्तावित भएको थियो भने आममाफीको लागि उहाँले हस्ताक्षर गर्नुहुन्थ्यो ? कि गर्नुहुन्नथ्यो ?’
उनले चालचलन ठीक भनेको के ? भन्दै थप प्रश्न गरे– ‘सत्यनिरुपण तथा मेलमिलाप आयोगले हेर्ने भन्दा फरक केश, अदालतमा फैसला भएको केश, अदालतमा हेर्दाहेर्दैमा रहेको केश, विचाराधीन रहेको केशलाई भोलिपल्ट चालचलन ठीक ? चालचलन ठीक भनेको के हो ? अदालतले दिएको फैसला मान्दिन, जेलमा बस्न तयार छैन भनेर अस्वीकार गरेर भागेर हिँड्ने कुरा चाहिँ चालचलन ठीक भएको कुरा हो ?’
उनले भरतपुर महानगरपालिकामा गत बर्ष भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले माओवादी नेतृ रेणु दाहाललाई मेयरमा सघाएको प्रति अप्रत्यक्ष रुपमा व्यङ्य गर्दै भने–‘माओवादीको छोरी काँधमा बोकेर हिँड्नु चाहिँ कांग्रेसको समाजवाद रैछ भनेर हाम्रो नेताले केही समय अघि भन्नुभएको थियो, अहिले माओवादीकी छोरीको बाबुको नाम उल्लेख गर्न चाहन्न, त्यसभन्दा चाहिँ भारी अहिले जेलबाट छुटाएर ल्याएको भएको छ । के यही हो जनवाद ? भनेर म सोध्न चाहन्न ।’
उनले त्यो सन्र्दभलाई लिएर कांग्रेसको समाजवादको टिप्पणी गर्नु पनि गलत हुने र ढुंगेलको रिहाइको बिषयलाई लिएर बहुदलिय जनवादको त्यसरी आलोचना गर्नु पनि गलत हुने बताए । उनले आममाफी दिने प्रवृति ठीक नभएको संकेत गर्दै भने– ‘यो कुरा चाहिँ न्यायको दृष्टिले, संविधान पालनको दृष्टिले, न्यायीक सर्वोच्चताको दृष्टिले विधीको शासनको दृष्टिले सर्वथा गलत छ । गणतन्त्र दिवसको दिन त्यो किसिमको उपहार प्रस्तुत गर्नु, पहिलो पटक कम्युनिष्टहरुको बहुमतको सरकार आउनु, पहिलो पटक गणतन्त्र दिवस मनाउनु र पहिलो पटक यो चरित्र प्रस्तुत गर्नु यसले बिहानीले साँझको संकेत गर्छ भनेजस्तै यसले गलत संकेत गरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण