अध्यादेशको बारेमा जसपा नेपालले अझै अनिर्णीत
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपाल सरकारले ल्याएको अध्यादेशको विषयमा अझै अनिर्णीत बनेको छ ।
अध्यादेशको बारेमा अध्ययन गर्न पार्टीले गठन गरेको कार्यदलले प्रतिवेदन समेत बुझाइसकेको छ । तर पार्टी अझैसम्म अनिर्णीत बनेको हो ।
अध्यादेशको बारेमा निर्णय लिन आइतबार बसेको संसदीय दलको बैठक समेत अनिर्णीत बन्न पुगेको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले अध्यादेशलाई संसदको कार्यसूचीमा ल्याएपछि मात्र आफूहरूले निर्णय गर्ने बताए ।
‘अहिले नै अध्यादेशको बारेमा धारणा बनाउन आवश्यक छैन’, उनले भने, ‘कार्यदलले प्रतिवेदन बुझाएको छ । त्यसलाई अध्ययन गर्ने काम भइरहेको छ र सरकारले कार्यसूचीमा राखेपछि त्यसको बारेमा तत्कालै निर्णय गर्छौँ ।’
सरकारमा जानका लागि बार्गेनिङ भइरहेको चर्चा छ नि भनेर सञ्चारकर्मीले सोधेको जिज्ञासामा उनले आफूहरूलाई सत्ता नचाहिएको बताए । जसपा नेपालले सत्ताका लागि बार्गेनिङ गरिरहेको भनेर भ्रम छर्ने काम भइरहेको उल्लेख गर्दै उनले सत्ताका लागि कसैसँग कुनै पनि किसिमको बार्गेनिङ नभएको दाबी गरे ।
जसपा नेपाल संसदीय दलका प्रमुख सचेतक रेखा यादवले जसपा नेपालको बारेमा चलाइएको विभिन्न हल्लाको बारेमा पनि बैठकमा छलफल भएको बताइन् ।
अध्यादेश जसपा नेपालका कारण होइन, सत्ताधारी दलकै कारण कार्यसूचीबाट हटेको दाबी गर्दै उनले अध्यादेशको बारेमा निर्णय लिन कुनै हतार नरहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण