आर्थिक सुधारका लागि सरकारले अध्यादेश ल्याएको हो : महत
आइतबार, २७ माघ २०८१, १६ : १३
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले आर्थिक सुधारका लागि सरकारले अध्यादेश ल्याएको दाबी गरेका छन् । आइतबार काठमाडौँमा विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले अध्यादेशको बचाउ गरेका हुन् ।
‘आर्थिक सुधारका लागि सरकारले अध्यादेश ल्याउनु आवश्यक थियो । अहिलेको जमानामा आर्थिक सुरक्षित भएर मात्रै समृद्धि हुन्छ । आर्थिक सुधार नभएसम्म संविधानमा राखिएका कन्टेन्ट लागु गर्न सकिँदैन । लगानी वृद्धि गर्न नै सरकारले अध्यादेश ल्याएको हो । अहिलेको कानुन एकले अर्कोलाई रोक्ने खालको छ । त्यसमा सुधार ल्याउन अध्यादेश ल्याएको हो । यसको मतलब अध्यादेशबाट नै अगाडि बढ्न खोलेको होइन । संसद् छलेर सरकारले किन अध्यादेश ल्यायो भनेर प्रश्न उठाउनु जायजै मान्न सकिन्छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण