भूमिहीनलाई सरकारी जग्गा होइन, रोजगारी दिनुपर्छ : प्रेम सुवाल
काठमाडौँ । नेमकिपाका सांसद प्रेम सुवालले तमोर नदीमाथिको एक सय मिटर लामो पुल आठ वर्षमा एक छेउमा पिलरमात्र निर्माण गरी अलपत्र राख्नेहरूलाई कारबाही किन भएन ? भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सुवालले नेपालको गाजा भारत पुर्याउने र भारतको लागूपदार्थ नेपाल ल्याउन बर्दिबासलाई केन्द्र बनाएको सार्वजनिक भए पनि दोषीलाई किन कारबाही भएन भनेर पनि प्रश्न गरे । विदेशी नागरिकता भएका कसैलाई पनि नेपालीको नाममा मतदानको अधिकार दिनु देश र जनताको हितमा नहुने भन्दै उनले निर्वाचन जित्न विदेशीसँग पैसा ल्याएर कार्यकर्ताहरूलाई बाँड्नेहरुबाट देश र जनताको हित नहुने भन्दै त्यसो गरे बरु देश नै नरहने अवस्था अउन सक्ने सुवालको भनाइ छ ।
चुरे संरक्षण, ट्रम्प घोषणा लगायतमा सरकार सचेत हुनुपर्ने भन्दै सुवालले कर्णालीमा खाद्यान्न सङ्कट बढ्ने अवस्था आएकोप्रति सरकार के गर्दै छ भनेर समेत प्रश्न गरे । काभ्रेको नेपाली कागज उद्योग बन्द हुन लागेको सरकारलाई थाहा छ कि छैन भनेर प्रश्न गर्दै उनले प्रधानमन्त्रीले मुख्यमन्त्रीसँग संवाद गरेर आम्दानी नबढ्ने बताए ।
‘भूमिहीनलाई सरकारी जग्गा, जङ्गल र नदी किनाराको जग्गा दिने होइन, उद्योग खोलेर रोजगारी दिनुपर्छ’, सुवालको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण