भूमिहीनलाई सरकारी जग्गा होइन, रोजगारी दिनुपर्छ : प्रेम सुवाल

काठमाडौँ । नेमकिपाका सांसद प्रेम सुवालले तमोर नदीमाथिको एक सय मिटर लामो पुल आठ वर्षमा एक छेउमा पिलरमात्र निर्माण गरी अलपत्र राख्नेहरूलाई कारबाही किन भएन ? भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सुवालले नेपालको गाजा भारत पुर्याउने र भारतको लागूपदार्थ नेपाल ल्याउन बर्दिबासलाई केन्द्र बनाएको सार्वजनिक भए पनि दोषीलाई किन कारबाही भएन भनेर पनि प्रश्न गरे । विदेशी नागरिकता भएका कसैलाई पनि नेपालीको नाममा मतदानको अधिकार दिनु देश र जनताको हितमा नहुने भन्दै उनले निर्वाचन जित्न विदेशीसँग पैसा ल्याएर कार्यकर्ताहरूलाई बाँड्नेहरुबाट देश र जनताको हित नहुने भन्दै त्यसो गरे बरु देश नै नरहने अवस्था अउन सक्ने सुवालको भनाइ छ ।
चुरे संरक्षण, ट्रम्प घोषणा लगायतमा सरकार सचेत हुनुपर्ने भन्दै सुवालले कर्णालीमा खाद्यान्न सङ्कट बढ्ने अवस्था आएकोप्रति सरकार के गर्दै छ भनेर समेत प्रश्न गरे । काभ्रेको नेपाली कागज उद्योग बन्द हुन लागेको सरकारलाई थाहा छ कि छैन भनेर प्रश्न गर्दै उनले प्रधानमन्त्रीले मुख्यमन्त्रीसँग संवाद गरेर आम्दानी नबढ्ने बताए ।
‘भूमिहीनलाई सरकारी जग्गा, जङ्गल र नदी किनाराको जग्गा दिने होइन, उद्योग खोलेर रोजगारी दिनुपर्छ’, सुवालको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै
-
कोशी प्रदेश सरकारले सोमबार नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने
-
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीको आन्दोलन स्थगित, पाँच बुँदे सहमति
-
कम्युनिस्ट पार्टीमा सामूहिक र संस्थागत आर्थिक प्रणाली आवश्यक
-
‘सीमापार आतंकवादविरुद्धको लडाइँ’ बारे जानकारी दिन भारतीय प्रतिनिधिमण्डल विभिन्न देश जाने
-
‘ब्रुकलिन ब्रिज’मा ठोक्कियो मेक्सिकन नौसेना प्रशिक्षण जहाज