‘सक्ने भए मलाई रोकेर देखाऊ’ : मस्कलाई कसले भने यस्तो ?
वासिङ्टन डीसी । भारतीय मूलका सीईओ अरविन्द श्रीनिवासले अमेरिकी खर्बपति व्यापारी तथा अमेरिकी सरकारको सरकारी दक्षता विभाग (डोजे)का प्रमुख एलन मस्कलाई चुनौती दिएका छन् । अमेरिकी सरकारले यूएसएडलाई दिँदै आएको पैसा रोक्ने मुद्दामा अरविन्द श्रीनिवासले मस्कलाई चुनौती दिएर मस्कले रोक्ने सक्ने भए आफूहरूलाई रोकेर देखाउन भनेका थिए ।
‘युएसएडबाट हामीले ५ खर्ब डलर जुटाउने विचार गरिरहेका छौँ । फन्डिङ सुरक्षित छ । एलन मस्क, तिमी मलाई रोक्न सक्छौँ भने रोकेर देखाऊ ।’ पप्र्लिक्सिटी एआईका सीईओ अरविन्द श्रीनिवासले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सेयर गरिएको पोस्टमा लेखेका थिए । अरविन्द श्रीनिवासले मजाकको रूपमा यो पोस्ट गरेको मानिएको छ । तर, यो पोस्टले उनलाई चर्चामा ल्याएको छ ।
को हुन् अरविन्द श्रीनिवास ?
अरविन्द श्रीनिवास पप्र्लेक्सिटी एआईका सीईओ र सह–संस्थापक हुन् । जेफ बेजोस जस्ता अरबपतिहरूले एआईमा आधारित सर्च इन्जिन पप्र्लेक्सिटीमा लगानी गरेका छन् । सन् २०२२ मा, अरविन्द श्रीनिवासले एन्डी कोन्विन्स्की र डेनिस याराटास र जो होसँग मिलेर पप्र्लेक्सिटी एआई स्थापना गरेका थिए । एआई स्टार्टअप ओपन एआईबाट करियर सुरु गरेका श्रीनिवासले गुगल र डीपमाइन्ड जस्ता कम्पनीहरूमा पनि काम गरेका छन् ।
भ्रष्टाचार भएको भन्दै ट्रम्पले अमेरिकी विदेशी सहायता नियोग यूएसएडलाई दिँदै आएको रकम रोक्का गरेका थिए । मस्कले पनि यूएसएडलाई आपराधिक संस्था बताउँदै यसलाई बन्द गर्नुपर्ने वकालत गरेका थिए । सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार ट्रम्प प्रशासनले यूएसएडमा १० हजारभन्दा बढी कर्मचारीलाई घटाएर ३०० मा झारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण