बाँदरका कारण श्रीलङ्कामा देशभर काटियो बिजुली
कोलम्बो । श्रीलङ्काभर बिजुली बत्ती काटिएको छ । आइतबार बिहान ११ बजेदेखि लगातार देशभरमा बिजुली बत्ती काटिन थाल्यो । यसको पछाडि बाँदरको हात रहेको बताइएको छ । कोलम्बोको एउटा ऊर्जा केन्द्रमा बाँदर घुसेको थियो ।
त्यसपछि यस्तो भएको बताइएको छ । बिजुली ल्याउने काम क्रमशः भइरहेको र सुरुमा स्वास्थ्य केन्द्र र जल प्रशोधन केन्द्रलाई प्राथमिकता दिइएको बताइएको छ ।
एउटा बाँदर ग्रिड ट्रान्सफर्मर छिरेर प्रणालीमा गडबडी गराइदिएको ऊर्जा मन्त्री कुमारा जयकोडीले पत्रकारहरूलाई बताए । स्थानीय समयअनुसार आइतबार बिहान ११ बजे बिजुली बत्ती जान थालेको थियो । सबैतिर बिजुली आइसक्न केही घण्टा लाग्ने बताइएको छ । सामाजिक सञ्जालमा मानिसहरूले अधिकारीहरूलाई गाली गर्दै यो घटनाको खिल्ली उडाइरहेका छन् ।
इन्जिनियरहरूले अघिल्ला सरकारहरूलाई वर्षौदेखि पावर ग्रिडको स्तरोन्नति गर्न चेतावनी दिइरहेका सोमबार सार्वजनिक एक समाचारमा भनिएको छ । २०२२ मा आर्थिक सङ्कटको समयमा श्रीलङ्कामा चरम लोडसेडिङ देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण