चिनियाँ एनिमेटेड फिल्म नयाँ रेकर्ड बनाउने बाटोमा
बेइजिङ । चीनमा एउटा एनिमेटेड फिल्मले अर्बौँ युआन कमाएको छ । चमत्कारी शक्ति भएको एक बालक राक्षसहरूसँग लड्ने कथा वस्तु रहेको यो फिल्म चीनको सबैभन्दा धेरै कमाउने फिल्म बन्ने बाटोमा छ ।
चिनियाँ पौराणिक पात्रमा आधारित ने झा २ ले सप्ताह लामो लुनार नयाँ वर्षको छुट्टीमा ८ अर्ब युआन (१ अर्ब १० करोड डलर) कमाएको टिकट विक्रीको ट्र्याक राख्ने माओयानले देखाएको छ ।
यसले २०२१ मा आएको फिल्म ब्याटल अफ लेक चाङजिनको रेकर्ड तोडेको छ । कोरियाली युद्धमा आधारित यो प्रोपोगान्डा फिल्मले ९० करोड डलर कमाएको थियो । ने झा २ लाई चिनियाँ फिल्ममा प्रगतिको प्रतीकको रूपमा हेरिएको छ ।
आगामी हप्तादेखि यो फिल्म क्यानडा, अमेरिका र अस्ट्रेलिया लगायत सीमापारिका बजारमा पनि प्रदर्शनमा आउँदैछन् ।
अर्को १ अर्ब डलर कमाएर फिल्मले विश्वमै सबैभन्दा धेरै कमाउने फिल्मको रुवमा २००९ मा अवतारले राखेको रेकर्ड तोड्ने आशा गर्न लागिएको छ ।
२०१९ मा आएको ने झाले ७२ करोड ५० लाख डलर कमाएको थियो । यो अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने पाँचौँ चिनियाँ फिल्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण