आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयले नेपालले दक्षिणपूर्व एसिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोषमा योगदान गरेकामा धन्यवाद ज्ञापन गरेको छ ।
कार्यालयले आज जारी गरेको विज्ञप्तिमा कोषमा नेपालले रु १५ लाख (करिब ११ हजार अमेरिकी डलर) योगदान गरेकामा नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई धन्यवाद ज्ञापन गरेको हो । डब्लुएचओका सदस्य राष्ट्रहरूलाई स्वास्थ्य आपत्कालीन अवस्थाका लागि तयारी र प्रभावकारी प्रतिकार्यका लागि सहयोग गर्ने उद्देश्यका साथ कोष स्थापना भएको हो ।
थाइल्याण्ड, भारत र टिमोर–लेस्टेपछि कोषमा योगदान गर्ने नेपाल चौथो राष्ट्र हो । ‘आपत्कालीन कोषमा नेपालको योगदान कोषप्रतिको सहयोग, स्वामित्व र प्रतिबद्धताको प्रमाण हो । यस कोषलाई विश्व स्वास्थ्य सङ्गठनले आफ्नो क्षेत्रका सदस्य राष्ट्रका लागि पारदर्शी रूपमा व्यवस्थापन गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
सन् २००७ मा हिन्द महासागरमा आएको सुनामीबाट प्रभावित दक्षिण–पूर्वी एसिया क्षेत्रका विभिन्न देशको सिकाइका आधारमा कोष स्थापना गरिएको हो । विज्ञप्तिमा कोषले १० राष्ट्रमा घटेका ४९ वटा आपत्कालीन अवस्थामा सहयोग गरेको उल्लेख गरिएको छ ।
नेपालले पनि सन् २००८ मा कोशीमा आएको बाढी, सन् २०१५ को विनाशकारी भूकम्प र सन् २०२३ मा जाजरकोटमा गएको भूकम्पको प्रतिकार्यमा कोषबाट सहयोग प्राप्त गरेको थियो ।
डब्लुएचओका क्षेत्रीय निर्देशक साइमा बाजेदले सदस्य राष्ट्रलाई कुनै पनि ठूलो जनस्वास्थ्य आपत्कालीन अवस्थाको प्रभावकारी प्रतिकार्य गर्नसक्षम बनाउनका लागि निरन्तर सहयोग गर्नेमा कोष व्यवस्थापन पक्ष प्रतिबद्ध रहेको जनाउनुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण