टीकापुरमा ‘भ्यालेन्टाइन–डे’का दिन गुलाफका १० हजार बिरुवा रोपिने
धनगढी । कैलालीको टीकापुर नगरपालिकालाई गुलाफको सहर बनाउने अभियान थालिएको छ । भ्यालेन्टाइन–डे अर्थात् फेब्रुअरी १४ देखि यो अभियान थालनी गर्ने योजनाका साथ तयारी भइरहेको हो ।
टीकापुर नगरप्रमुख रामलाल डंगौरा थारुले अभियान अन्तर्गत नगरपालिका तथा वडा कार्यालय परिसर, नगरपालिकास्थित ६ लेन सडकको मेडियन, चिल्डे«न पार्क, सरकारी तथा गैरसरकारी कार्यालय परिसर, सार्वजनिक स्थललगायतका स्थानमा गुलाफका बिरुवा रोपिने जानकारी दिए ।
यसैबिच टीकापुरको जमरा पुलदेखि बसपार्कसम्म रहेको झण्डै दुई किलोमिटर सडकको दुवैतर्फ ग्रीन लेनमा पनि तालजाली लगाइएको छ । नगर प्रमुख थारुले ‘भ्यालेन्टाइन–डे’का दिन नगरवासी, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलगायतको सहभागितामा १० हजार गुलाफको बिरुवासहित अन्य फलफूलका बिरुवा, मौसमी तथा बेमौसमी सजावटका बिरुवा रोप्ने बताए ।
नगर प्रमुख थारुले अर्को वर्ष भ्यालेन्टाइन–डेकै दिन संसारभरिकै मानिसलाई टीकापुरमा गुलाफ अवलोकन गर्न आमन्त्रण गरेर पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको सुनाए । टीकापुरमै कर्णाली नदीको तटमा टीकापुर बृहत् उद्यान पार्क छ, जहाँ विभिन्न ३६ प्रजातिका गुलाफ पाइन्छन् । तिनै गुलाफका बिरुवालाई रोप्दै जाने र एक वर्षमा गुलाफको सहर बनाउने पालिकाको परिकल्पना छ ।
नगरपालिकाले यो अभियानका लागि १० लाख बजेट विनियोजन गरेको छ ।
के भन्छन् सरोकारवाला ?
नेपाली कांगे्रसका स्थानीय नेता नवराज रावलले समयमा सोच नपु¥याउँदा अहिले गुलाफ रोप्ने ठाउँका ढुङ्गा उठाउन ठुलो श्रमदान गर्नुपरेको बताए । गुलाफको सहर बनाउने भनेर टीकापुरको प्रचारप्रसार भइरहेकाले यसलाई सफल बनाउनुपर्ने उनको भनाइ छ ।
टीकापुरका पर्यटन व्यवसायी टीकाराम जैसीले एक पटक अभियानका रूपमा लाग्दा बिरुवा रोप्न सकिए पनि जोगाउन कठिन हुने भएकाले पानीको व्यवस्था मिलाइदिएर संघ–संस्थालाई जिम्मा दिनुपर्ने सुझाव दिए ।
नागरिक समाज टीकापुरका संयोजक भीमराम चपाईले गुलाफको सहर बनाउन ठुलो लगानी चाहिने भएकाले नगरपालिकाले यसतर्फ ध्यान दिनुपर्ने बताए । बिरुवा हुर्काउन धेरै मेहनत चाहिने भन्दै उनले सिँचाइका लागि स्थायी जनशक्ति व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
कृषि विज्ञ कृष्ण न्यौपानेले जंगली गुलाफलाई हाइब्रिड बनाएर ४५ डिग्रीसम्म तापक्रम थेग्न बनाउन सकिने र त्योभन्दा बढी तापक्रम भए गुलाफका लागि उपयुक्त नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण