नयाँ शक्तिका केन्द्रीय कार्यसमिति सदस्य माओवादी केन्द्रमा प्रवेश
मङ्गलबार, २९ माघ २०८१, १५ : १९
सुर्खेत । बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति)को केन्द्रीय कार्यसमिति परित्याग गरी सुर्खेतमा भिमबहादुर मल्ल ‘सुवास’ माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
मल्ललाई पार्टीको कर्णाली प्रदेश समितिको सातौँ बैठकमा सहभागी हुन सुर्खेत आएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खादा र माला लगाई पार्टीमा स्वागत गरेका हुन् ।
माओवादी केन्द्रमा प्रवेश गर्दै मल्लले भट्टराईले नयाँ बनाउने नाममा कम्युनिस्ट विचार छाडेको साथै उनले भन्ने गरेको नयाँ विकल्पको दिसाहीन राजनीतिको औचित्य समेत समाप्त भएकाले आफूले सो पार्टी परित्याग गरेको बताए ।
देश र जनतालाई माया गर्ने वास्तविक पार्टी माओवादी केन्द्र भएकाले आफू पुरानै घर फर्किएको बताउँदै माओवादी केन्द्रमा रहेर देश र जनताको पक्षमा काम गर्ने उनले प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण