मनिष झाको प्रश्न : जेल बसेर बाहिर आएपछि एकै पटक दरबारचाहिँ कसरी बन्यो ?
काठमाडौँ । रास्वापाका सांसद मनिष झाले सदनको महत्त्व भएकाले यसको गरिमा राख्ने काम सङ्ख्याले नभई सिद्धान्तबाट राख्नुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभामा बोल्दै उनले भ्रष्टाचारका प्रसङ्गमा नेपालको अवस्था खस्किएको रिपोर्टहरूले देखाएको बताए ।
उनले पुराना पार्टीका नेताहरूको नेपाली राजनीतिमा योगदानप्रति सम्मान प्रकट गर्दै सम्पत्तिबारे प्रश्न गरे । ‘तर मेरो प्रश्न बर्षौँसम्म जेल बसेर बाहिर आउँदै गर्दा एकै पटक दरबारचाहिँ कसरी बन्यो ? व्यवसाय र आर्थिक स्रोत त थिएन’, झाको प्रश्न छ । केही महिना जेल बसेर दरबार बनाउने नेताहरूको दरबार कहाँबाट आयो भन्दै आफ्नोसहित सबैको सम्पत्ति छानबिन गर्न माग गरे । उनले सुशासनको अभ्यास सवैतिर गर्नुपर्ने भन्दै त्यसो नगर्ने भए संसद् रोकेर अर्को अध्यादेश ल्याएर तत्तत नेताको कहिल्यै सम्पत्ति छानबिन हुँदैन भनेर निर्णय गरिदिए स्वागत गर्ने बताए ।
नेहा रौनियार र सत्येन्द्रलाई पक्राउ गर्न प्रहरी भारत पुग्ने भिजिबिलिटी के रहेछ भन्दै झाले उनीहरू हत्यारा हो ? भनेर प्रश्न गरे । उनले ३७ हजार १५३ जना सशस्त्र प्रहरी रहेको भन्दै किन एक जनालाई मात्र संरक्षण गरेर प्रहरी प्रमुख बनाउने प्रपञ्च गरिएको भनेर प्रश्नसमेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण