पूर्वी कंगोमा सशस्त्र समूहको हमलामा ५५ नागरिकको मृत्यु
किन्ससा । कंगोको उत्तरपूर्वी क्षेत्रमा सशस्त्र समूहको आक्रमणमा ५५ जना सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा अधिकतर विस्थापित मानिसहरूलाई लक्षित गरिएको थियो । कंगोमा दशकौँदेखि द्वन्द्व चलिरहेको छ ।
पूर्वी भागमा हिंसा बढेको छ । यस क्षेत्रमा १२० भन्दा बढी सशस्त्र समूहहरू द्वन्द्वमा संलग्न छन्, जसमध्ये धेरैजसो बहुमूल्य खनिजका लागि र भूमिका लागि लडिरहेका छन् । केहीले आफ्नो समुदायलाई जोगाउन खोजिरहेका छन् ।
सशस्त्र समूह कोडेकोका लडाकुहरूले सोमबार राति इटुरी प्रान्तको जैबा गाउँमा आक्रमण गरेका थिए । यहाँ विस्थापित मानिसहरू बस्दै आएका थिए । आक्रमणमा ५५ जना सर्वसाधारण मारिएका शिविरकी नेता एन्टोइनेट एनजालेले एसोसिएटेड प्रेसलाई बताइन् । आगलागीबाट धेरै घरहरू नष्ट भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । शवहरूको खोजी जारी छ ।
अफ्रिकी आतंकवाद अनुसन्धान केन्द्रका अनुसार २०२२ सम्म समूहको आक्रमणमा लगभग १ हजार ८०० जनाको मृत्यु भएको थियो भने ५०० भन्दा बढी घाइते भएका थिए । केही आक्रमण युद्ध अपराध र मानवताविरुद्ध हुन सक्ने संयुक्त राष्ट्र संघले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण