रुकुम पूर्वमा तीन जनाको शव फेला

बुटवल । रुकुम पूर्वमा तीन जनाको शव फेला परेको छ । हत्या गरिएको अवस्था दुई जनाको शव फेला परेको छ भने एक जनाको लडेर मृत्यु भएको छ । दुई जनाको हत्या गरी भाग्ने क्रममा एक जनाको लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
प्रहरीका अनुसार रुकुम पूर्व भूमे गाउँपालिका–४ तल्लो साकिमका ५१ वर्षीय चन्द्रसिङ पुनमगरले छिमेकी ६० वर्षीय ढाटी बुढामगर र उनका ८ महिनाको नाति सिजन बुढामगरको खुकुरी प्रहार गरी हत्या गरेका छन् ।
हत्या गरेर गरेर भाग्ने क्रममा खोलामा लडेका चन्द्रसिंह पुनको पनि शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी माधवराज खरेलले रातोपाटीलाई जानकारी दिए । हत्यामा संलग्न व्यक्तिको खोजी गर्दा उनको पनि शव फेला परेको डीएसपी खरेलले बताए ।शवलाई पोस्टमार्टम लागि जिल्ला अस्पताल ल्याएको उनले बताए । उनले हत्याको कारण नखुलेको बताए । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्रलाई सर्वोच्चमा हाजिर गराइयाे, शुक्रबार पेसी
-
कर्णालीका मुख्यमन्त्री भन्छन्- बिमा कम्पनी सहर केन्द्रित भए,गाउँ बस्तीमा विस्तार गर्नुहोस्
-
चलचित्र विकास बोर्डको सदस्यमा भट्ट नियुक्त
-
तीनकुने घटना : आपराधिक उपद्रवमा संलग्नलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
-
सांसद पत्नी अन्जला जोडिएको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश
-
वाईसीएलको कर्णाली प्रदेश अध्यक्षमा शर्मा पक्षधर ओली चयन