फेसबुकमा शंकर : सामाजिक सञ्जालमा खोजे असल मान्छे
काठमाडौँ । नेकपा एमालेका महासचिव केही समययता सामाजिक सञ्जाल फेसबुकमा सक्रिय छन् । महासचिव पोखरेलले दैनिक जसो फेसबुकमा लेख्ने गरेका छन् । उनका कतिपय पोस्टहरू विवादित समेत बन्दै आएका छन् ।
बुधबार बिहान पनि पोखरेलले आफ्नो पेजमा तथ्य र सत्यका पक्षमा किन कोही बोल्दैनन् र लेख्दैनन् भनेर सामाजिक सञ्जालमा प्रश्न गर्नु भन्दा आफैले लेख्न सुरु गर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन् ।
‘तथ्य र सत्यका पक्षमा किन कोही बोल्दैनन् र लेख्दैनन् भनेर सामाजिक सञ्जालमा प्रश्न गर्नु भन्दा आफैले लेख्न सुरु गर्नुहोस् । तपाई आफै अघि सरेपछि सत्य र तथ्य बलियो हुन सुरु गर्दछ । त्यसले अरूलाई पनि अघि सर्न प्रेरित गर्दछ । अराजकता र अशिष्टता क्रमशः कम भएर जान्छ’, पोखरेलले लेखेका छन् । उनले सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै भएको पनि बताएका छन् ।
‘सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै हो । सडकको यात्रामा जो निस्कन्छ त्यही देखिन्छ । घर भित्र बसेको मान्छे सडकमा नदेखिए जस्तै सामाजिक सञ्जालमा असल मानिसहरू नआउँदासम्म आएका खराब मान्छेहरू देखिने हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण