अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न ग्रिसबाट स्वदेश आइपुगिन् एन्जिला
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलरक्षक एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट बुधबार अपरान्ह स्वदेश आइपुगेकी छन् । एन्जिला बुधबार दिउँसो १३ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एन्जिला ग्रिसको क्लब निस एत्रोमितोउबाट व्यवसायिक फुटबल खेल्छिन् । एन्फाको आयोजनामा फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा सञ्चालन हुने ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५’ खेल्न एन्जिला स्वदेश फर्किएकी हुन् ।
एसियाली फुटबल महासंघ (एएफसी) महिला एसिया कप र विश्व फुटबल महासंघ (फिफा) महिला विश्वकपको तयारीका क्रममा यो प्रतियोगिता आयोजना गर्न लागिएको एन्फाले हो । फिफा इन्टरनेशल विन्डोअन्तर्गत सञ्चालन हुन लागेको यो प्रतियोगितामा नेपालसहित किर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहने छ ।
उक्त प्रतियोगिताका लागि राष्ट्रिय टोलीकी प्रभावशाली खेलाडी रेखा पौडेल दुबईबाट शनिवार र सावित्रा भण्डारी ‘साम्बा’ फ्रान्सबाट फागुन ५ गते स्वदेश आइपुग्ने पनि एन्फाले जनाएको छ । नेपालमा पहिलो पटक चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगिताको तयारीका लागि हाल ३० सदस्यीय नेपाली टोली बन्द प्रशिक्षणमा छ ।
नेपाली टोलीलाई मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रशिक्षण गराउँदै छन् । प्रतियोगिताका खेलहरु राउन्ड रोविन लिगका आधारमा हुने पनि एन्फाले जनाएको छ । त्यसपछि अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताका खेलहरु दिउँसो २ः०० बजे र साँझ १८ः०० बजे खेलाइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण