च्याम्पियन्स लिग : बायर्न म्युनिख, बेनिफिका, क्लब ब्रुगलाई सफलता
बिहीबार, ०१ फागुन २०८१, ०५ : ४८
काठमाडौं । च्याम्पियन्स लिगमा जर्मनीको बायर्न म्युनिख, पोर्चुगलको बेनिफिका र बेल्जियमको क्लब ब्रुगलाई सुरुवाती सफलता मिलेको छ । नकआउट चरण प्लेअफ अन्तर्गत वुधबार राती पहिलो लेगमा यी टोलीले सफलता हात पारेका हुन् ।
बायर्न म्युनिखले स्कलल्याण्डको सेल्टिकलाई २-१ ले हरायो । बायर्नलाई जिताउन माइकल ओलिसले बराबरी गोल फर्काउँदा ह्यारी केनले निर्णायक गोल गरे । सेल्टिकका निकोलस कुन्हले खेल सुरु हुनासाथ गोल गरेका थिए ।
पोर्चुगलको बेनिफिकाले फ्रान्सको एएस मोनाकोलाई १-० ले हरायो । बेल्जियमको क्लब ब्रुगले इटालीको एटलान्टालाई २-१ ले पराजित गर्दा नेदरल्याण्डसको फेनोर्डले इटालीको एसी मिलानलाई १-० ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण