च्याम्पियन्स लिग : बायर्न म्युनिख, बेनिफिका, क्लब ब्रुगलाई सफलता
बिहीबार, ०१ फागुन २०८१, ०५ : ४८

काठमाडौं । च्याम्पियन्स लिगमा जर्मनीको बायर्न म्युनिख, पोर्चुगलको बेनिफिका र बेल्जियमको क्लब ब्रुगलाई सुरुवाती सफलता मिलेको छ । नकआउट चरण प्लेअफ अन्तर्गत वुधबार राती पहिलो लेगमा यी टोलीले सफलता हात पारेका हुन् ।
बायर्न म्युनिखले स्कलल्याण्डको सेल्टिकलाई २-१ ले हरायो । बायर्नलाई जिताउन माइकल ओलिसले बराबरी गोल फर्काउँदा ह्यारी केनले निर्णायक गोल गरे । सेल्टिकका निकोलस कुन्हले खेल सुरु हुनासाथ गोल गरेका थिए ।
पोर्चुगलको बेनिफिकाले फ्रान्सको एएस मोनाकोलाई १-० ले हरायो । बेल्जियमको क्लब ब्रुगले इटालीको एटलान्टालाई २-१ ले पराजित गर्दा नेदरल्याण्डसको फेनोर्डले इटालीको एसी मिलानलाई १-० ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘धोका दियौ तिमीले’ गीतमा केकीको अभिनय
-
इजरायल–इरान युद्धको विरोधमा काठमाडौँस्थित दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)
-
जनार्दन शर्मालाई प्रश्न– आगामी महाधिवेशनमा नेतृत्वमा प्रतिस्पर्धा गर्नुहुन्छ ?
-
‘शुभ विवाह’ मा सहकार्य गर्दै सुदर्शन र प्रदीप
-
पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनप्रति कांग्रेसको शोक प्रस्ताव (तस्बिरहरू)
-
परराष्ट्रको पत्र ‘गैरकानुनी’ भन्दै कूटनीतिक नियोगहरूलाई अर्को पत्र