‘भ्यालेन्टाइन्स डे’ मा मधुशालामा ‘धीरज राई अनप्लग्ड नाइट’
काठमाडौँ । हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौँ । गत फेब्रुअरी ७ देखि प्रारम्भ भएको भ्यालेन्टाइन्स १४ फेब्रुअरी अर्थात फागुन २ गतेसम्म जारी रहनेछ । १४ फेब्रुअरी भने भ्यालेन्टाइन्स डे को रुपमा मनाइन्छ । माया गर्नेहरुको दिनको रुपमा परिभाषित गरिएको यो दिन नेपालमा पनि विभिन्न रमाइला तथा मनोरञ्जनात्मक कार्यक्रम हुने गर्छ ।
यसैबिच, दरबारमार्गमा रहेको मधुशाला गीत गजल रेष्टुराँ एण्ड बारले पनि भ्यालेन्टाइन्स डेको अवसरमा एउटा विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ । जसमा लोकप्रिय गायक धीरज राईले आफ्ना प्रेमिल गीतहरु प्रस्तुत गरेर उपस्थित मायालु जोडीहरुलाई मनोरञ्जन गराउने छन् ।
मधुशाला गीत गजलका अध्यक्ष गंगाराज राईका अनुसार मधुशालाको हाउस ब्याण्डसँगै गायक धीरज राईले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् । सोलो कन्सर्टमा गायक धीरज राईले आफ्ना लोकप्रिय गीतहरु तिम्रा नयन, लुकी लुकी, सोइ ढोले सोइ, तिमी रुँदा, पर्खिरहेछु, कि बाँच्न देउसहितका आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् ।
मधुशालाका सञ्चालक जोर्डन राजभण्डारीका अनुसार ‘धीरज राई : भ्यालेन्टाइन्स अनप्लग्ड नाइट’ शीर्षक कार्यक्रमको राखिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण