पाइप फुटेर पानीले क्षति गरेको बबरमहलको सडक मर्मतका लागि प्राधिकरणलाई पत्राचार
बिहीबार, ०१ फागुन २०८१, १५ : ३०
काठमाडौँ । सडक डिभिजन काठमाडौँले मेलम्चीको पाइप फुटेर पानीले क्षति गरेको बबरमहलको सडक मर्मतका लागि नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरेको छ ।
सडक डिभिजन काठमाडौँका सूचना अधिकार महानन्द जोशीले बिहीबार प्राधिकरणलाई पत्राचार गरेको जानकारी दिए ।
साथै प्राधिकरणले गल्ती स्वीकार गरेको र मर्मत गर्न तयार रहेको उनले बताए । ‘हिजै प्राधिकरणले आफ्नो कारण क्षति भएको स्वीकार गरेको छ । मर्मत गरिदिन तयार छ । धेरै भत्किएको छैन । मर्मत गर्छु भनेको छ, गर्छ,’ जोशीले भने,‘पत्राचार गरिरहनुपर्ने विषय नभएता पनि भोलि नगर्ला भनेरमात्र पत्राचार गरेको हो ।’
प्राधिकरणले विद्युतका तारहरू अन्डर ग्राउण्ड गर्नका लागि होरिजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको मेलम्चीको पाइप फुटेको थियो । उक्त पाइप मर्मत भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण